श्रावण १४, २०८३ बिहिबार July 30, 2026

ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा

ज्येष्ठ नागरिकले लाइनमा नबसीकन नै सेवा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ । कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्ने गरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताए।

स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । “हामी ज्येष्ठ नागरिकलाई विश्रामकक्षसहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरूको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नागरिकले लाइनमा नबसीकन नै सेवा पाउनुहुनेछ”, पाण्डेले भने ।

जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा समेत ज्येष्ठ नागरिक विश्राम कक्ष स्थापना गर्ने कार्यको अनुसरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गरे । ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकमैत्री कार्यको प्रशंसा गर्दै सञ्चालित कार्यको निरन्तरताको अपेक्षा गरे ।

उनले भने, “ज्येष्ठ नागरिक तथा आम नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा आउनु सकारात्मक रहेको छ । यसको अन्य कार्यालयले समेत अनुसरण गर्नुपर्दछ ।” नागरिकलाई विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रसहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री सुधन गुरुङलाई हटाउन जेन–जी समूहको माग
२०८३ श्रावण १४, बिहिबार
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार