भाद्र २७, २०८३ शनिबार September 12, 2026

राजधानीका शरणार्थी शिविरमा दलाई लामाको ८५ औं जन्मदिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा रहेका तिब्बती शरणार्थिले प्रहरीलाई थाहा नै नदिई निर्वासित तिब्बती धार्मिक नेता १४औं दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्।

विश्वमहामारी कोरोना भाईरस संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सुरक्षा निकायलाई थाहै नदिई सट्याकसुटुक्क सोमबार काठमाण्डाैको बौद्धस्थित सेटलमेन्ट अफिसमा र ललितपुरको जाउलाखेलमा अवस्थित शरणार्थी क्याम्पमा दलाईको जन्मोत्सव मनाएका हुन्।

तिब्बती शरणार्थी क्याम्प बौद्धमा बिहान करिब पन्ध्र मिनेटसम्म सोही क्याम्पका प्रमुख ङवाङ छोक्डेन (चिप्दी लोपेन टुल्कु) सहित दलाई लामाको निर्वासित संसदका सभाषदहरु टासी ढण्डुप र सोनाम नर्बु, दलाई लामाको नेपाल प्रतिनिधि छुल्ट्रिम ग्याछो सहितको उपस्थितिमा दलाई लामाको फोटोमा पुजापाठ गरी दिर्घायुको कामना गरेर जन्म दिन मनाएका थिए । त्यसका साथै बौद्धमा रहेका सम्तेलिङ र सेल्कर गु्म्बा समेतमा सोही गुम्बामा रहेका लामाहरुले पुजापाठ गरि जन्म दिन मनाएको छन् ।

त्यस्तै उनीहरुले तिब्बती शरणार्थी क्याम्प जवलाखेलमा बिहान आधाघण्टा सोही शरणार्थी क्याम्पका प्रमुख रिन्जिन दोर्जे सहित डेढ दुई दर्जन शरणार्थीको उपस्थितिमा दलाई लामाको फोटोमा पुजापाठ गरी दिर्घायुको कामना गर्दै केक काटेर जन्म दिन मनाएका छन् ।

कार्यक्रममा दलाई लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए । लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो ।

संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन’, उनले अन्नपूर्णसँग भने, ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन्।

उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा कार्यक्रम गरेका थिए। त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो। यसपटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार