कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले

कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताउनुभयो । लगानी नगरी रकम मात्र सञ्चित गरेर राख्नु कोषको उद्देश्य नभएको उहाँको भनाइ थियो ।

मन्त्री डा वाग्लेले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको जानकारी दिनुभयो । उहाँले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागितालगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो ।

आजकै बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार