भाद्र २५, २०८३ बिहिबार September 10, 2026

बाढी पछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट) । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताउनुभएको छ ।

बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न आज नुवाकोट आउनुभएका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिनुभयो ।

बाढी पछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलर समेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उहाँले जानकारी दिनुभयो । “बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । यसमा हामी (चीन सरकार)अत्यन्त दुःखी छौँ”, उहाँले भन्नुभयो, “विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ ।”

चिनियाँ राजदूत माओमिङले बाढीबाट पुगेको क्षतिको सम्बन्धमा जिल्लास्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफल गरी जानकारी लिनुभएको थियो । त्यसपश्चात् बाढीले क्षति पुर्‍याएको विदुर नगरपालिका–१ र १० का विभिन्न स्थानको अवलोकन गर्नाका साथै विदुर नगरपालिका–२ कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’को पनि अवलोकन गर्नुभयो ।

उहाँले होल्डिङ सेन्टरमा आश्रय लिएर बासिरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्दै बसोबास, खानपान, स्वास्थ्य अवस्था, अबको चाहनालगायत विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैन’ : सभामुख अर्याल
२०८३ भाद्र २५, बिहिबार
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
२०८३ भाद्र २५, बिहिबार
भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ? (सूची सहित)
२०८३ भाद्र २५, बिहिबार
धरानमा पहिलोपटक महिला आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकप हुँदै
२०८३ भाद्र २५, बिहिबार
प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत
२०८३ भाद्र २५, बिहिबार
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छ : मन्त्री चौधरी
२०८३ भाद्र २५, बिहिबार
शिक्षा मन्त्री पोखरेलद्वारा सात वटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
२०८३ भाद्र २५, बिहिबार