असोज १६, २०८० मंगलबार October 3, 2023

अन्तर प्रदेश समस्या समाधानका लागि कार्यदल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संरचना अनुसार प्रदेश सरकारलाई केन्द्रीय सरकारले सहयोग नगरेकोगुनासो आइरहेका बेला संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी रआर्थिक लगायत विषयका विवाद समाधान गर्न उच्च स्तरीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार सम्पन्न अन्तर प्रदेशपरिषद्को पहिलो बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारहरुलाई जानकारी दिनुभएको छ ।

कार्यदलमा अर्थमन्त्री डा युवराज खतिवडा, संघीयमामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लाबाबुराउत र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल रहनुभएको छ ।

कार्यदलको सदस्यसचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी रहनुभएको छ । संविधान, कानून, बजेट र नीतिकार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवादसमाधान गर्ने निकाय मानिएको परिषद्को बैठक आइतबारदेखि शुरु भएकोे थियो ।

नेपालकोसंविधानको धारा २३४ मा । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था छ ।यसअघि प्रदेश मुख्य मन्त्रीहरुले आफुहरुले अधिकार नपाएको भन्दै पोखरामा भेला आयोजनागर्दै केन्द्रीय सरकारलाइृ दवाव दिएपछि प्रधानमन्त्री असन्तुष्ट बन्नु भएको थियो ।

अन्तरप्रदेशको बैठक बोलाएपछि पनि प्रधानमन्त्रीले बैठक स्थगित गरेर मुख्यमन्त्रीहरुलाई फिर्ता पठाउनु भएको थियो ।

यस पटक भने सौभाद्रताकासाथ प्रदेश सरकार र केन्द्रीयसरकारबीच आपसी समस्या समाधान गर्नका लागि कार्यदल समेत गठन गरिएको छ ।कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना  प्रविधि मन्त्रीगोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार