जेठ २३, २०८३ शनिबार June 6, 2026

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु

हमासमाथि हजारौँ गाजाबासीहरुले आश्रय लिइरहेका विद्यालय भवनहरुमा लुकेको आरोपपछी आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा पट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), असोज १० गते । इजरायलले एउटा विद्यालय-आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरु बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध सुरु भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको छ र तीमध्ये धेरैले विद्यालय भवनहरुमा आश्रय लिएका छन् । “उत्तरी गाजाको जबालिया शिविरमा रहेको अल-फलुजा विद्यालयलाई लक्षित गरी भएको इजरायली मिसाइल आक्रमणमा बालबालिकासहित सात जना सहिद भए भने धेरै घाइते भएका छन्”, नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भन्नुभयो ।

इजरायली सेनाले अल-फलुजा विद्यालयमा रहेको कमान्ड-एन्ड कन्ट्रोल केन्द्रभित्र सक्रिय हमास लडाकूहरूलाई लक्षित गरी ‘सटिक आक्रमण’ गरेको बतायो । सैन्य विज्ञप्तिमा हताहतीका बारेमा कुनै जानकारी दिइएको थिएन । बिहीबार भएको आक्रमण गाजामा करिब एक वर्षदेखि जारी युद्धमा विस्थापितहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएका इजरायली आक्रमणहरुको शृङ्खलामा यो पछिल्लो थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले सेप्टेम्बर ११ मा मध्य गाजाको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित अल-जौनी विद्यालयमा भएको इजरायली आक्रमणमा मारिएका १८ मध्ये आफ्ना छ जना कर्मचारी रहेको बताएपछि अन्तर्राष्ट्रिय आक्रोश बढेको थियो । इजरायली सेनाले हमासमाथि हजारौँ गाजाबासीहरुले आश्रय लिइरहेका विद्यालय भवनहरुमा लुकेको आरोप लगाउँदै आएको छ भने ती आरोपलाई हमासले अस्वीकार गरेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
२०८३ जेठ २३, शनिबार
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प
२०८३ जेठ २३, शनिबार
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
२०८३ जेठ २३, शनिबार
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ जेठ २३, शनिबार
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार
२०८३ जेठ २३, शनिबार
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना
२०८३ जेठ २३, शनिबार
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
२०८३ जेठ २३, शनिबार