भाद्र ११, २०८३ बिहिबार August 27, 2026

सोमालिया सेना प्रमुखलक्षित गरी आत्मघाती आक्रमणको प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सोमालियाली सेनाका प्रमुखमाथि सोमबार मोगादिसुमा एक आत्मघाती आक्रमण प्रयास भएको अधिकारीहरूले जनाएका छन् । सेनाको अस्पताल नजिक उनको रक्षा दललाई लक्षित विस्फोट भएको बताइएको छ ।

मोगादिशुको होदान जिल्लामा भएको ठूलो हमलाले देशका सेना प्रमुख जनरल ओडवा युसुफलाई लक्षित गरेको पुष्टि गर्दै तर आक्रमणबाट कोही हताहत नभएको सरकारी प्रवक्ता इस्माइल मुख्तर उमरले बताउनुभयो । सेना प्रमुख रक्षा दलसहित मुख्य सैन्य अस्पतालको नजिकबाट यात्रा गरिरहेका समय आक्रमण भएको हो ।

“सेनाको कमाण्डरलाई निशाना बनाउँदै सैनिक अस्पताल नजिकै विस्फोट भएको थियो । तर घटनामा सेना प्रमुख युसुफ उम्कन सफल हुनुभएको छ । उहाँलाई कुनै चोटपटक लागेको छैन,” इस्माएलले भन्नुभयो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अफ्रिकी देशको हर्नमा पछिल्लो हमलामा एक जना व्यक्तिको मृत्यु भएको छ भने अर्को घाइते भएका छन् ।

सेनाका कमाण्डर युसुफले विशाल हमलाको एक मिनेट अगाडि रक्षा मन्त्रालयबाट बाहिरिनुभएको थियो । आत्मघाती विस्फोटपछि सेना प्रमुख युसुफको रक्षार्थ खटिएको समूहमाथि भारीमात्रामा गोली प्रहार भएको बताइएको छ ।

घटनास्थलमा कालो धुँवाको मुस्लो देखिएको एक प्रत्यक्षदर्शी स्थानीयले बताए । ”घटनामा एक व्यक्ति मारिए, अर्को एक जना घाइते भए तर सेना प्रमुखलाई चोट लागेको छैन,” एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

प्रत्यक्षदर्शीहरूका अनुसार होडान जिल्लाको ताराबुन्का चोक नजिकै भएको बम विष्फोटबारे भने, “विस्फोटले ताराबुन्का नजिकै सैन्य सवारी साधनहरुमा असर गरेको थियो । केही क्षणमा नै हामीले गोली चलेको आवाज सुन्यौँ ।”

प्रत्यक्षदर्शी स्थानीय मोहम्मद अब्दीले भन्नुभयो, “घटनास्थललाई धुलो उडेर ढाक्या देखिने अवस्थामा आउँदा घटनास्थलमा एम्बुलेन्सहरूको भीड थियो भने घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालिसकेका थिए ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार
चिनियाँ बिदेश मन्त्री र अमेरिकन राजदुतबिच भेटबार्ता, नेपालको बाढीकाे पनि चर्चा
२०८३ भाद्र ११, बिहिबार
इरान वार्तामा हतार छैन : ट्रम्प
२०८३ भाद्र ११, बिहिबार
प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित विदुरमा
२०८३ भाद्र ११, बिहिबार
सर्वदलीय बैठकः उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने
२०८३ भाद्र ११, बिहिबार
प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री
२०८३ भाद्र ११, बिहिबार