श्रावण ५, २०८३ मंगलबार July 21, 2026

नेपालमै उत्पादन हुने औषधी बाहिरबाट ल्याउन बन्द गर्न माग गर्दै औषधी व्यवसायी आन्दोलनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाै‌ंः नेपाल औषधी उत्पादन संघ आन्दोलनमा उत्रिएको छ । नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै उत्पादन संघ आन्दोलनमा उत्रिएको हो ।

गत २२ असारमा सेनिटाइजर दर्ताको म्याद तीन महीना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रिन बाध्य भएको संघका महासचिव विप्लव अधिकारीले युगखबर अनलाईनलाई बताए ।

देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने उनले  बताए । बन्दाबन्दीको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरूले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहीन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ।

मंगलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ । आफ्ना मागहरू पूरा नभए आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार