कार्तिक ४, २०८३ बुधबार October 21, 2026

गाउँपालिका प्रमुख सहित जनप्रतिनिधि र कर्मचारीलाई आक्रमण गर्ने १३ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक्राउ पर्नेहरु सोही गाउँपालिका वडा नं ४ का १३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लिखु गाउँपालिका­४ का दीपक बस्नेत, भारती मगर, निर्मला थापा, दीपक थापा, दीपेन्द्र खड्का, विश्वास खत्री, पारस खड्का, अरुण कार्की, दलबहादुर थापा, निलबहादुर कार्की, राजु कार्की, लक्ष्मण कार्की र दीपराज खड्का छन् । पक्राउ परेका उनीहरुलाई सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ल्याएको छ ।

प्राप्त उजुरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताए । ‘‘घटनाका विषयमा उजुरी आएपछि हामीले १३ जनालाई पक्राउ गरेर जिल्ला ल्याएका छौं ।’’ खड्काले भन्नुभयो, ‘‘१० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकिएको छ ।’’ बुधबार म्याद थप गरिएपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको, गाउँपालिकाको प्रशासनिक भवन तोडफोड गरेको, भौतिक संरचनामा क्षति गरेकोसहितका विषय उल्लेख गरेर छानविनको माग गर्दै लिखु गाउँपालिकाले अमानसवय एवम् गैरजिम्मेवार कार्य गर्ने विरुद्ध कानून अनुसार अघि बढ्ने निर्णय गरेको थियो । सो निर्णयका आधारमा गाउँ कार्यपालिका सदस्य मावर सुनुवारले प्रहरीमा उजुरी दिनुभएको हो ।

गएको असार ११ गते भएको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषय र स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद बढेको थियो । सोही लगत्तै स्थानीयले गाउँपालिकामा तोडफोड गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार