भाद्र ११, २०८३ बिहिबार August 27, 2026

स्थायी समिति बैठकबाटै केन्द्रीय समितिको बैठक बोलाउने प्रचण्ड-नेपाल समुहको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ता निष्कर्षविहीन भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको प्रचण्ड-नेपाल समूहको बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार अपरान्ह खुमलटारमा भएको बैठकमा दाहाल र नेपालका साथै सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका थिए ।

प्रधानमन्त्री निवाश बालुवाटारमा प्रचण्ड- नेपालले ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिन आग्रह गरेको तर ओलीले त्यसलाई अस्वीकार गरेपछि असन्तुष्ट पक्षले खुमलटारबाटै केन्द्रीय समिति बैठक बोलाउने निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी एक नेताका अनुसार खुमलटार बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने र त्यहीँबाट प्रक्रियागत निष्कर्षमा पुग्ने निणर्य भएको छ । भोलिकै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ ।

त्रिपक्षिय छलफल हुनुअघि प्रधानमन्त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि आफू निकटका नेताहरुसँग बालुवाटारमा रणनीतिक बैठक गरेका थिए । यद्दपी सो बैठकको निष्कर्ष बाहिर आइसकेको छैन । उक्त बैठकमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका पटक पटकका छलफलले निष्कर्ष निकाल्न नसकेपछि आजको छलफलमा माधव कुमार नेपाल सहभागी भएका थिए ।

त्रिपक्षीय छलफलमा पनि दुवैपक्षले आआफ्ना अडान राखेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएको थियो । प्रचण्ड नेपाल समुहले तत्काल केन्द्रीय समिति बैठक बोलाएर त्यहीँबाट निर्णय गर्ने योजना बनाएको छ भने अध्यक्ष ओली समुह आफ्नो अडानबाट पछि हटेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार