वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

विवेकशील साझा पार्टीलाई स्थापित गराएरै छाड्छौं ः दामोदर नेपाल अध्यक्ष, विबेशील साझा पार्टी नुवाकोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दामोदर नेपाल विवेकशिल साझा पार्टी नुवाकोटका अध्यक्ष हुनहुन्छ । कुनै बेलाका बीबीसी नेपाली सेवाका चर्चित पत्रकारका रुपमा चिनिएका रविन्द्र मिश्रले नेतृत्व गर्नुभएको विवेकशिल साझा पार्टी नेपालले पछिल्लो समय आम नेपाली जनताका मुख्य सरोकारका विषयमा आफुलाई उभ्याउने प्रयास गरिरहेको छ । गत मंसिरमा सम्पन्न भएको केन्द्र र संघको निर्वाचनमा प्रदेश नं ३ मा राम्रो स्थान हासिल गर्न सफल सो पार्टीले नुवाकोटमा पनि संगठन विस्तारलाई तिब्रता दिइरहेको छ । जसको नेतृत्व लिनुभएको छ । दामोदर नेपालले । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ साविक रातमाटेमा जन्मनु भएका नेपालको राजनीतिक पृष्ठभुमि नेपाली कांग्रेस भएपनि केह िसमयअघि मात्रै उहाले कांग्रेसमा बढ्दै गएको गुटबन्धी र नातावाध र क्रिपावादका कारण कांग्रेस थला परेको र यसलार्य त्यहि अवस्थामा बसेर उकास्न नसकिने भन्दै विवेकशील साझा पार्टीमा प्रवेश गर्नुभएको थियो । सो पार्टीमा प्रवेश गरेलगत्तै नेपालको पार्टीप्रतिको सक्रियता र इमान्दारितासहित कांग्रेसमा रहँदा उहलो प्राप्त गरेको हैसियतका आधारमा विवेकशिल साझा पार्टीले अध्यक्षको जिम्मेवारी दिएको छ । पार्टीको दिएको जिम्मेवारीलाई गम्भीर ढंगले बहन गर्दै यतिबेला अध्यक्ष नेपाल संगठन विस्तारमा सक्रिय रहनु भएको छ । नुवाकोटबाट राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका नेताहरुका बीचमा पनिअ ाफुले विवेकशिल साझा पार्टीलाई स्थापित गरएरै छाड्ने नेपालको अठोट रहेको छ । यिनै समयसामायिक विषयमा नुवाकोट पुकारले ग रेको कुराकानीका सम्पादित अंशहरु

कसरी अगाडि बढिरहेको छ विवेकशील साझा पार्टी ?

हाम्रो विवेकशीmल साझा पार्टी एक डेड वर्षको अन्तरालमा यसले आफुलार्य अपेक्षा गरेको भन्दा अझ राम्रो ढंगले जनताका उभिन सफल भएको छ र संगठनलाई पनि त्यहि रुपमा अगाडि बढाउन सफल हुँदे आएको छ । नुवाकोट बोहका अन्य जिल्लाहरुमा पनि म पुग्ने अवसर पत गरेको छु र ति जिल्लामा हरुमा पनि यो पार्टीमा मानिसहरुकोआकर्षण बढिरहेको मैलै पप्त गरेको छु ।

२ तपाई कांग्रेसमा लामो समयदेखि योगदान गर्नुभएको व्यक्तित्व किन अचानक विवकेशिल ासझा पार्टीप्रति आकर्षित हुनुभयो ?
–नेपाली कांग्रेस पार्टी भनेको निकै ठुला चुनौती र कठिन मोडलाई पार गर्दै आएको एउटा पुरानो र लोकतान्त्रिक पार्टी हो । २००७ सालदेखिको क ांग्रेसको इतिहास हेर्दा त्यसलार्य प्ष्टि हुन्छ । कांग्रेसक ासंस्थापक नेता वीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको नारा लिएर नेपाली जनताका माझमा आउनु भएको थियो । जनताले त्यसलार्य विश्वास गरेर २०४६ सालपछि पनि सरकारको नेतृत्व गर्ने अवसर दिएका हुना । जनताले कांग्रेसलार्य जुन ढंगले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएका थिए तर कांग्रेसका नेताहरुले भने त्यसलाई कुल्चेर आफु र आफ्ना नातागोता भारदार र राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छेलाई प्राथमिकता दिन थाले त्यसबाट कता कता मलार्य पनि अब कांग्रेस जनताको पक्षमा जान सक्दैन भन्ने आवास भयो । त्यति नै बेला एउटा नायँ पार्टी जसले जनताका पक्षमा, भ्रष्टाचार अन्त्य गर्ने, मुलुकमा शसुसन स्थापना गर्ने लक्ष्य लिएर अघि आयो र त्यसैका कारण मैलै पनि यो पार्टीमा रहेर देश र जनताका लागि केह िगर्न सकिन्छ भनेर त्यसप्रति आर्कर्षित भएको हु । र पार्टीले विश्वस गरेर संगठन विस्कार क्रियाशिल भैरहेको छु ।
३ तपाईका कांग्रससँगको असन्तुष्टि विचार र शिद्धान्तसँग हो कि नेताहरुको क्रियाकलाप्रिति हो ?

–सिद्धान्तप्रति मेरो असहमति हुँदै होइन । आजपनि कांग्रेसको विचार र सिद्धान्तप्रति मेरो कुनै गुनासो छैन तर गाडी राम्रो छ तर त्यसलाई चलाउने डाईभर राम्रो भएन चलाउन नजान्ने प¥यो भने त्यो गाडी निश्चित रुपमा कतै पुगेर दुर्घटना हुनसक्छ प्श्न यो हो । त्यसकारण गाडी राम्रो भएर मात्रै हुदैन ड्राइभर नारम्रो भएपछिको हालत जस्तो छ आज कांग्रेसको अवस्था त्यस्तै भैरहेको छ । हाम्रो पार्टीले हिजो वीपीले जुन विचार र सिद्धान्त अगाल्नु भएको थियो आज विवेकशील पार्टीले पनि त्यस्तै खाले अर्थात मुलुकलाई राष्ट्रियता, समाजवाद र लोकतन्त्रको माध्यमबाट अगाडि बढाउनु पर्दछ भनेर अगाढि बढिरहेको अवस्थाका कारण यो पार्टीका माध्यमबाट केही गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ ।
४ नेपाली राजनीतिका कांग्रेसको धेरै ठुलो योगदान छतर भर्खर जन्मिएको पार्टी कसरी कांग्रेसको विकल्प हुनसक्छ ?

–निसन्देश रुपमा हाम्रो पार्टीमा रहेका धेरै पढेलेखेका र देशलाई राम्रोसँग बुझेका र देश विकासका लागि के गर्नुपर्दछ भन्ने जानेका व्यक्तित्वहरु हुनुहुन्छ । यस्ता कुारहरुको अनुसरण गरिरहेको छ । धेरै लामो योगदान भएर मात्रै हुनैन भन्न्े कुरा कांग्रेस एमाले पार्टीहरुको विगतको इतिहासले देखाइसेकको अवस्था छ । उहाहर कतिपटक सरकारको नेतृत्व गरिसक्नु भएको छ जनताले हाजसम्म के पाएका छन् त देशको अवस्था के छ त छ यो कुराको मुल्याङकन त जनताले र्दछन नि ? त्यसैले अब हामी देश परिवर्तनको जिम्मा लिन्छौं र एक दिन जनताले विवेकशिल साझा पार्टीलाई माया गर्नेछन् र देशको नेतृत्व गर्दै, सरकराको नेतृत्व गर्दै मुलुकलाई १०,१५ वर्षको बीचमा आर्थिक समृद्धिको योजनासहित मुलुकलाई हामी अघि बढाउन सफल हुनेछौं ।
५ विवेकशील साझा पार्टी त शहर केन्द्रीत पार्टी हो भन्ने आरोप छ नि ?
–हाम्रा संयोजक रविन्द मिश्र बेलायतमा बसेर बीबीसी नेपाली सेवामा कार्यरत हुनुहुन्थ्यो । उहाको पृष्ठभुमि एउटा व्यक्तित्व रुपमा रहेको छ तर पनि उहाले बेलायतमा रहेर काम गरेपनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली जनातको अवस्थालाई राम्रारी देख्नु भयो । नेपाली जनताको अवस्था एकातिर नेताहरुको व्यवहार अर्कोतिर देखेपछि नेपालमा नै गएर पक्कै पनि नेपाली जनताका लागि केही गर्नुपर्दछ भनेर आफ्नो लाखौंको जागिर छाडेर राजनीतिमा सक्रिय रहनु भएको छ । पछिल्लो समय उहा गाउँ गाउँमा पुगेर जनताका भावनालाई समेटने प्रयास गरिरहनु भएको छ । बुझ्नु भएको छ र त्यहाका साथीहरुको सल्लाह अनुसार पार्टीलार्य अगाडि बढाउने अभियानमा लाग्नु भएको छ ।

५ नुवाकोटमा तपाईले नेतृत्व गरिरहनु भएको छ ,यो पार्टी अवस्था कस्को रहेको छ भने कस्ता वर्गाहरु तपार्यहरुप्रति आर्कषित रहेका छन् ?
–विेशगरि युवा वर्गाहरुले अत्यन्त नजिकबाट हेरिरहेनु भएका छ । उहाहरु कांग्रेस, एमाले, माओवादीका पुराना नेताहरुले देश,जनताप्रति गरेको व्यवहारलाई पनि राम्ररी नियालिरहनु भएको छ । उहाहरुले अवसर पाउँदा नुवाकोट जिल्लालाइृ के गर्नुभयो त भनेर प्श्न गरिरहनु भएको छ । यस्तै अन्य पढेलेखेका व्यक्तित्वहरु पनि हामीसँग सम्र्पक गरिरहनु भएको छ । यस्तै अन्य पाटीृक ाइमान्दार कार्यकर्ता जसलाई पार्टीले वेवास्ता गरेको छु । सम्मान गरेको छेन् । त्यस्ता साथीहरु पनि हाम्रो पार्टीप्रति आकर्षित हुनु भएको छ । हामी उहाहरु सबैको भावनालाई समेटदै यो पार्टीलाइृ नुवाकोटमा स्थापित गर्ने अभियानमा छौं ।

६नुवाकोटको लामो समयदेखी राजनीतिमा सक्रिय र नोपल् िराजनीतिलाई नै प्रभाव पार्न सक्ने नेताहरुसँग तपाई र तपाईको पार्टीले प्रतिस्पर्धा गर्न सक्छ ?

–व्यक्ति कस्तो थियो, खानदानको थियो र कि अथवा विगतमा उसको प्रभाव कस्तो थियो भन्ने कुरा तपशिलको कुरा हो । मुख्य कुरा भनेको नेपाली जनता हुन अर्थात नुवाकोटको सन्र्दभमा भन्नुपर्दा नुवाकोटमा जनता हुन । जनताले साथँिद्या सम्म यहाहरु शक्तिशाली बन्नुभयो होला तर जनताले साथ नदिएपछि उहाहरु जे भएपनि उहाहरुको अवस्था के हुन्छ । त्यसैले जनताले साथ नदिएपछि उहाहरुको केही पनि लाग्ने अवस्था छैन त्यो कुरा विस्तारै प्रष्ट हुँदै गैरहेको छ ।
७ तपाईहरुलाई जनताले विश्वास गर्ने आधारहरु के के छन् ?

–म के देखाउन चाहान्छु भने गएको प्रदेश र संसद निर्वाचनमा हामीले जनताका बीचमा हाम्रा कुराहरु स्पष्ट रुपमा राखेका थियो र त्यसको बाबजुत जनताले हामी यो प्रदेशमा विवेकशील साझा पार्टी मत गणनाक ाहिसाबले तेस्रो शक्रि भएको छ । यो प्रदेशमा नेकपा, कांग्रेस र हाम्रो पार्टीले जनसमर्थन पपत गरेको छ । मुलुकभरको मत जोड्दा हाम्रो पार्टी थोरै मतका कारणले राष्ट्रिय पार्टी बन्न सकेन तर छोटो समयमा नै जनताले हामीलाई छट्टौं पार्टीमा रुपमा जुन मत दिनुभएको छ त्यसले हामीलाई अझ हौसला बढाएको छ उत्सुाहित बनाएको छ ।प्रदेश नं ३ मा हाम्रो पार्टीबाट ३ जना सांसद हुनुहुन्छ उहाहरुले प्रदेशसभाको पहिलो बैठकमा प्रदेश सांसदहरुलाई घडेरीको रुपमा जग्गा दिने जुन निणृइ गरिएको थियो त्यसलाई हाम्रो सांसदहरुले त्यसको विरोध गरेर त्यो निर्णय कार्यान्वयन गर्न दिनुभएन । हाम्रा सभासदहरुले जग्गा नलिने निर्णय गरेपछि त्यो निर्णय कार्यान्वयन भएन । हाम िसंसदमा नभएपनि जनताका पक्षमा उठानु पर्ने विषयहरु गम्भीर रुपले उठाईरहेका छौं यो नै हामीलाइृ विशवास गर्ने आधार हुन ।

८ नुावकोट जिल्लामा संगठन विस्तारको कार्ययोजना कस्तो रहेको छ ?

–विवेकशील र साझा पार्टी एक भएर हाम्रो पार्टी विवेकशील साझा पार्टीको रुपमा रहेको छ । हामीले डेड वर्ष भित्रमा राष्ट्रिय महाधिवेशन गर्नुपर्नेछ । केह िसमय अगाडि हाम्रा जिल्ला , स्थानीय संयोजक, स्थानीय संयोजक मार्फत वडा कमिटि गठन गर्ने तयारीमा रहेका छौं र वडा गाएँ हुँदै जिल्ला र केन्द्रमा लागि महाधिवेशन प्रतिनिधि समेत छानिनेछ र राष्ट्रिय महाधिवेशन मार्फत यो पार्टीलाई ७७ जिल्ला हूँदै सातसय ५३ गाएँपालिकासहित करिब चारहवार वडासम्म पु¥याउने लक्ष्याकासाथ अघि बढेका छौं ।

९ अन्त्यमा नेतृत्वको विाष्यमा पनि विवाद थियो नि ?

–त्यस्तो छैन । केही साथीहरुले आफुहरुको सलला सुझाव ग्रहण गरिदियोस भन्न्े कुरा मात्रै आएको हो । विचार र शिद्धान्तमा कसैको विमति छैन । नेतृत्वलाई सचेत बनाउनक ालागि आवाज आएको हो । पार्टीमा पद लिन त्यस्तो दौडधुप छेन । हामीले राजनीतिलार्य पेशा होइन सृवा हो भनेर लागेका छौं । त्यसकारण हाम्रो पार्टीमा विवाद छैन ।

१० विवेकशिल साझा पार्टीको जिल्ला अध्यक्षको नाताले वर्तमान नेकपाको सरकारबारे तपाईको प्रतिक्रिया ?

अबसर पाउँदा कसैले पनिक ाम गरेन भन्न्े इतिहासबाट प्रष्ट भएको छ । अहिले नेपाली जनताले नेकपाले देश र जनातका लागि केह िगर्न सक्छ भनेर बहुमत दिएका हुन । तर जनातको मतलाई अपमान गर्दे वतृमान सरकार नेपाली जनताका लागि तल्लो जनताका लागि काम गर्न सकेको छेन र गर्न नसक्न्े प्रयट भएको छ । स्थानीय निकायको निार्वचन पछि झन भ्रष्टाचार बढेको छ । राष्ट्रिय ध्वजाबाह ल्ेपन किन्दा पनि त्यसमा भ्रष्टाचार भएको कुरा बाहिर आएको छ । कञ्चनपुरकी एउटा अबोध बालिकाको हत्यार पत्ता लगाउन सकेको छैन । यो सरकार जनातको पक्षमा काम गर्न सक्ने देखिएको छैन । त्यसैले वर्तमान सरकार यतिखेर जनताका लागि घाँडो भएको महसुस हामीले गरेका छौं । नुवाकोट पुकार साप्ताहिक बाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार