असार २२, २०८२ आइतबार July 6, 2025

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउनेगरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ, १० कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताउनुभएको छ । उहाँले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पार्नुभयो ।

लमजुङ बेँसीसहर नगरपालिका–२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वाथ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताउनुभयो । उहाँले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्‍याउन सरकारले लागिपरेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “सरकार नागरिकको स्वाथ्यप्रति गम्भीर भएकाले गाउँगाउँमा सेवा पु¥याउन प्रतिबद्ध छ । उपचार सेवा कसरी सस्तो बनाउन सकिन्छ, शुल्क घटाएर वा सरकार आफैँले बेहोरेर भन्ने विषयमा छलफल भइरहेको छ ।”

जनताको जीवन बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता राखिएको स्पष्ट पार्नुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेतर्फ सरकार लागिरहेको जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रमा सरकारको ठूलो लगानी भए पनि यस क्षेत्र व्यवस्थित हुन नसकेको भन्दै मन्त्री गुरुङले बसाइँ सराइलगायतका कारण गाउँगाउँका विद्यालयमा विद्यार्थी टिकाउन समस्या भइरहेकाले त्यसका लागि सरकारले आकर्षक योजना ल्याउने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नवनिर्मित स्वाथ्यचौकी भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अभिभावकले आफ्ना छोराछोरीका लागि पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा ध्यानदिनुपर्ने बताउनुभयो ।

स्थानीय सुनसरी गुरुङले निःशुल्क जग्गादान गरेको सात रोपनी सात आनामा स्वाथ्यचौकी भवन निर्माण भएको स्वाथ्यचौकी प्रमुख राजेश दुलालले जानकारी दिनुभयो । उहाँको अनुसार सङ्घीय सरकारको एक करोड ८० लाख रुपैयाँमा करिब तीन वर्ष लगाएर निर्माण भएको छ ।

यस स्वाथ्य चौकी भवनबाट गर्भवती सेवा, सुत्केरी सेवा, खोप, थेरापी उपचार, मलेरिया रोगको निदान, परिवार नियोजन सेवालगायतको रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार