चैत्र १४, २०८१ बिहिबार March 27, 2025

यौनमा चरमोत्कर्षमा पुग्ने हो ? यी पोजिसनबारे जान्नुहोस्

सम्भोगअघि स्वस्थ फोरप्लेमा भाग लिनाले महिलाहरूलाई चरमसुखमा पुग्न सजिलो बनाउँछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धेरै महिलाहरूले आफ्नो पार्टनरसँग यौन सम्बन्ध राख्दा समयलाई लिएर धेरै नै गुनासो गरेको पाइन्छ ।

जबकि पुरुषहरू पनि सेक्स टाइमिङ सुधार गर्न विभिन्न प्रकारका टिप्सहरू अपनाउने गर्छन् । अधिकांश मानिस यौन क्रियाकलापको अवधि सकेसम्म लम्ब्याउन चाहन्छन् । जबकि विशेषज्ञहरू विश्वास गर्छन् कि सेक्स र सन्तुष्टिको कुनै निश्चित समय हुँदैन ।

आज हामी यौन समयलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ ।

सेक्स टाइमिङ र यौन सन्तुष्टिको कनेक्सन छ त ?

यौनविज्ञ सीमा आनन्दका अनुसार सम्बन्ध राख्दा समय महत्वपूर्ण हुने बताउँछिन् । लामो समय टिक्न सक्दा त्यसको आनन्द दुवैले लिन सक्छन् । यसका लागि सेक्समा एकअर्काको सहमतिमा केही नयाँ प्रयास गर्नु आवश्यक हुन्छ । सञ्चार, फोरप्ले र सही वातावरण धेरै चीजहरू छन्, जसले तपाईंको सेक्सलाई अधिक आनन्ददायी बनाउन सकिन्छ ।

महिलाहरूले मात्र समयको बारेमा गुनासो गर्छन् भन्ने होइन । धेरै पुरुषहरूलाई पनि लाग्छ कि उनीहरू सेक्स टाइमिङ बढाएर कुनै न कुनै तरिकाले त्यसको आनन्द लिन सक्छन् । त्यसैले तपाईं ती सबै चीजहरू प्रयास गर्न सक्नुहुन्छ, जुन तपाईं दुवैको लागि सुरक्षित र आरामदायक महसुस गराउँछ । त्यसपछि महिलाहरूलाई चरमोत्कर्षमा पुग्न थप सजिलो हुनेछ ।

पोजिसन परिवर्तन गर्नुहोस्

यदि तपाईंहरू एउटै पोजिसनमा यौन सम्बन्ध राख्दै आउनु भएको छ भने समय छोटो हुनसक्छ । यस्तो अवस्थामा यौन समय बढाउनका लागि पोजिसन परिवर्तन गर्न अपरिहार्य हुन्छ । यसले समय बढाउन सहयोग पुर्याउँछ । अलग–अलग पोजिसनमा सम्बन्ध राख्दा टाइमिङ बढाउन मद्दत गर्दछ ।

फोरप्लेका लागि समय दिनुहोस्

सम्भोगअघि स्वस्थ फोरप्लेमा भाग लिनाले महिलाहरूलाई चरमसुखमा पुग्न सजिलो बनाउँछ । यसका साथै यसले पुरुषलाई पनि पर्याप्त समय दिन्छ र उनीहरु लामो समयसम्म सेक्सको आनन्द लिन सक्षम हुन्छन् ।

स्टार्ट–स्टप प्रविधि अपनाउनुहोस्

लामो समयसम्म सेक्सको आनन्द लिन चाहने पुरुषले सम्भोगको समयमा स्टार्ट–स्टप प्रविधि अपनाउनु पर्छ । लामो समयसम्म एउटै पोजिसनमा यौन सम्बन्ध राख्दा वीर्य स्खलन छिटो हुन्छ । त्यस्तो अवस्थामा केही समय यौनसम्पर्क गरेपछि पुरुषले १० देखि २० सेकेन्ड वा सोभन्दा बढी समय विश्राम लिएर फेरि सुरु गर्नुपर्छ । यसले पुरुषलाई लामो समयसम्म ओछ्यानमा टिकाउँछ । अनि महिलालाई पनि चरमसुखमा पुग्न सहज हुन्छ ।

धुम्रपान नगर्नुहोस्

चुरोट पिउँदा रक्तचाप बढ्छ, यस्तो अवस्थामा कार्डियोभास्कुलर समस्याको खतरा बढ्छ । जसकारण वीर्य स्खलनको समस्या हुन सक्छ । साथै, यस्ता व्यक्तिमा यौन समयको असर पनि पर्छ । यदि तपाईंको पार्टनरसँग त्यस्तो कुनै समस्या छ भने सबैभन्दा पहिले धुम्रपान त्याग्न आग्रह गर्नुहोस् ।

यौनका बारेमा भल्गर कुराकानी गर्नुहोस्

सेक्सको समयमा एकअर्कासँग स्वस्थ यौनका बारेमा भल्गर कुराकानी कायम राख्दा समय बढाउनुका साथै यौन आनन्द प्राप्त गर्न मद्दत गर्दछ । आफूलाई के मन पर्छ र के मन पर्दैन भनेर एकअर्कालाई बताउनुहोस् । यसबाहेक, कुन बेला तपाईंलाई मज्जा आयो वा कुन बेला विल्कुल मज्जा आएन त्यसबारे खुलेर कुरा गर्नुहोस् । सम्बन्ध राख्दा कुराकानी गरियो भने पनि समय बढ्छ, जसले चरमोत्कर्षमा पुग्न सजिलो हुन्छ ।

आयुर्वेदिक जडीबुटीको प्रयोग

शिलाजीतलगायत विशेष औषधीय गुणहरूसहित एक महत्वपूर्ण आयुर्वेदिक उपचार हो । यसले पुरुषमा यौन उत्तेजना बढाउँछ, समयलाई पनि सुधार गर्दछ । तर यसको फाइदा यतिमा मात्र सीमित छैन, यसले अन्य थुप्रै स्वास्थ्य समस्यामा पनि फाइदा पुर्याउँछ । एक स्वस्थ व्यक्तिले लामो समयसम्म यौन सम्बन्ध राख्न सक्छ । शिलाजीतको सेवनले तनाव कम गर्छ, जसले गर्दा तपाईंको पार्टनरले सेक्स गर्दा अरु कुनै कुराको बारेमा सोच्दैन । यसले उनीहरुलाई टाइमिङमा सुधार गर्न मद्दत गर्दछ भने शिलाजीत अन्य समस्या नशा लगायतका लागि समेत लाभदायी मानिन्छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
२०८१ चैत्र १४, बिहिबार
नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ
२०८१ चैत्र १४, बिहिबार
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँइको राशिफल
२०८१ चैत्र १४, बिहिबार
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
२०८१ चैत्र १४, बिहिबार
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
२०८१ चैत्र १४, बिहिबार
मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण
२०८१ चैत्र १४, बिहिबार