कार्तिक ११, २०८३ बुधबार October 28, 2026

प्रधानन्यायाधीश जबराद्वारा पद बहाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद बहाली गर्नुभएको छ । उहाले बुधबार राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । सपद लिए लगत्तै उहाले कार्यालय पुगेर पद बहलाी गर्नुभएको थियो ।

पद बहाली गर्दे प्रधानन्यायाधीश जबराले आफुले न्याय क्षेत्रको बदनमा हुनेगरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै उहाले पत्रकार सम्मेलन मार्फत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उहाँले बुधबारबाट जोशीलाई मुद्दा नतोक्ने घोषणा गर्नुभएको हो

। उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।”

यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत हुनुभएको थियो ।

मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार