कार्तिक ४, २०८३ बुधबार October 21, 2026

इजिप्टको संसदद्वारा लिबियामा सेना पठाउन स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह-अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै संसदले यस्तो निर्णय गरेको हो ।

संसदद्वारा जारी वक्तव्यमा इजिप्टको राष्ट्रिय सुरक्षा गर्न एवं आपराधिक सशस्त्र लडाकू एवं विदेशी आतंकवादी तत्व विरुद्ध कारबाही गर्ने गरी इजिप्टको सेनालाई देश बाहिर पनि सैन्य कारबाही गर्न सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।

इजिप्टको संसदमा राष्ट्रपति अल-सिसी पक्षधरहरुको भारी बहुमत छ । प्राप्त समाचार अनुसार इजिप्टको सेनालाई लिबियाको पश्चिमी मोर्चामा तैनाथ गरिने छ ।

इजिप्टको पछिल्लो कदमले इजिप्ट र टर्कीबीच पहिलो पटक प्रत्यक्ष गतिरोध उत्पन्न हुने खतरा बढाएको छ किनभने लिबियाको गृहयुद्धमा सक्रिय परस्पर विरोधी दुई समूहलाई इजिप्ट र टर्की दुबैले समर्थन गरिरहेका छन् ।

इजिप्टसँग युद्धग्रस्त लिबियासँग सहारा मरुभूमिको खुला सीमा रहेको छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार