असार २४, २०८२ मंगलबार July 8, 2025

सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण

गाउँपालिका आफैँले सार्वजनिक जग्गामा पर्यटन विकासका लागि भ्युटावरलगायतका संरचना निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, मङ्सिर १३ गते । ताप्लेजुङमा सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पर्यटन पूर्वाधार तथा संरचना निर्माणका नाममा सरकारी निकायबाट नै जग्गा अतिक्रमण भएको हो ।

जिल्लाको मैवाखोला गाउँपालिकामा सबैभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सो गाउँपालिकाको वडा नं. ४ र ५ मा पर्ने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा ५२ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको छ । मैवाखोला गाउँपालिका आफैँले सार्वजनिक जग्गामा पर्यटन विकासका लागि भ्युटावरलगायतका संरचना निर्माण गरेको छ ।

त्यस्तै सो क्षेत्रमा स्थानीयले आवाससम्बन्धी संरचना निर्माण गरी सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् । जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि २५ हेक्टर क्षेत्रफल बराबर सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ । फुङ्लिङ नगरपालिका–१० र ११ मा पर्ने पाथीभरा क्षेत्रमा स्थानीय र सरकारी निकाय पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् ।

पाथीभरा क्षेत्र अन्तर्गत फेदी, गुराँसे, बलुडाँडा, तल्लो फेदीलगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पाथीभरा क्षेत्रमा पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले घर निर्माण गरेर होटेललगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । सार्वजनिक जग्गा अतिक्रमण गरी करिब तीन दर्जन सङ्ख्यामा घर निर्माण गरी स्थानीयले व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यस्तै पाथीभरा क्षेत्र विकास समितिले भने भक्तजनको सुविधालाई दृष्टिगत गरी बहुउद्देश्यीय भवन, ध्यान केन्द्र भवन, बसपार्कलगायतका संरचना निर्माण गरेको छ । पाथीभरा दर्शनमा आउने भक्तजनको सुविधाका लागि भन्दै समितिले सङ्घ तथा प्रदेश सरकारको बजेट लगानीबाट सार्वजनिक जग्गा अतिक्रमण गरी त्यस्ता संरचना निर्माण गरेको हो ।

फक्ताङ्लुङ गाउँपालिकामा पनि सरकारी निकाय तथा सरकारी स्वामित्वका निकायबाट सार्वजनिक जग्गा अतिक्रमण भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६, लेलेप अन्तर्गत कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा पर्ने खम्बाचेनमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले सार्वजनिक जग्गा अतिक्रमण गरी हिउँचितुवा अनुसन्धान केन्द्र निर्माण गरेको छ । परिषद्ले नै वडा नं. ७ ओलाङचुङ्गोलाको मैवाटारमा पनि सार्वजनिक जग्गामा एक पक्की भवन निर्माण गरेको छ । मौवाटारमा सशस्त्र प्रहरी बलको बिओपी (बोर्डर आउट पोस्ट) को भवनसहितको संरचना निर्माण गरिएको छ ।

यसै गरी मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन करिब तीन हेक्टर क्षेत्रफल सार्वजनिक जग्गा अतिव्रmमण गरी संरचना बनाएका छन् । सिदिङ्वा गाउँपालिकाको पर्यटकीय स्थल तिम्बुङपोखरी क्षेत्रमा पनि स्थानीयले करिब दुई हेक्टर क्षेत्रफल सार्वजनिक जग्गा अतिक्रमण गरी होमस्टे (घरबास) निर्माण गरेका छन् । यस्तै मेरिङ्देन गाउँपालिका–२, सान्थाव्रmाको गुराँसे पोखरी क्षेत्रमा पनि स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी पोखरी घेरबार र होमस्टे निर्माण गरिएको छ ।

यसरी सरकारी निकाय र स्थानीयबाट जिल्लामा १८८ हेक्टर क्षेत्रफल बराबर सार्वजनिक जग्गा अतिक्रमण भएको तथ्याङ्क रहेको सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । सहायक प्रजिअ खड्काका अनुसार सार्वजनिक जग्गा अतिक्रमण भएको उक्त तथ्याङ्क डिभिजन वन कार्यालयसँग रहेको तथ्याङ्क हो ।

यता सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भने अझ बढी सार्वजनिक जग्गा अतिक्रमण भएको हुन सक्ने बताउनुभयो । हिमाली भेगमा रहेको गोठपालन पेसा, ठाउँ ठाउँमा निर्माण गरिएका पार्क, प्रवेशद्वार (गेट) तथा पानीका रिजर्भ ट्याङ्की, सडकलगायतका संरचना निर्माण भएकाले अधिक सार्वजनिक जग्गा अतिक्रमण भएको ओझाको भनाइ छ ।

सङ्घीय सरकारले सार्वजनिक जग्गाको अभिलेख पठाउन भन्दै आजभन्दा करिब १० महिनाअघि देशभरका स्थानीय तहलाई पत्राचार गरेको थियो । सरकारले पत्राचार गरे पनि ताप्लेजुङका स्थानीय तहले अतिव्रmमण भएको सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गर्ने र विवरण वा अभिलेख पठाउनमा कुनै पहल गरेको छैन ।

यस्तै गृह मन्त्रालयले पनि गत फागुन दोस्रो साताको सुरुमै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी अतिक्रमण वा कब्जा भएको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन निर्देशन गरेको थियो । मन्त्रालयले सार्वजनिक जग्गा कसैले आफ्नो दर्ता गरेको वा कुनै प्रयोजनमा भोगचलन गरेको पाइएमा कानुनी कारबाही प्रव्रिmया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएको थियो । उक्त परिपत्र भए पनि विभिन्न कारणले हालसम्म जिल्लामा अतिक्रमित जग्गाको विवरण सङ्कलन गर्ने र कारबाही गर्ने कुनै प्रव्रिmया सुरु भइनसकेको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार