भाद्र २, २०८३ मंगलबार August 18, 2026

सरिता गिरी भारत प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्व सांसद सरिता गिरी भारत प्रस्थान् गरेकी छिन् ।

हालै मात्र उनको सांसद पद गुमेको थियो । नेपालगञ्ज नाका हुँदै उनी भारत प्रस्थान गरेको विश्वस्त सूत्रले जानकारी दिएको छ । गिरी नयाँ दिल्ली जाने भएकी हुन् । त्यहाँ रहँदा उनले भारतीय नेताहरूसँग भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ । यसअघि पनि उनी सिराहा हुँदै भारत जान लाग्दा उनलाई रोकिएको थियो ।

उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्। त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया