असार २४, २०८२ मंगलबार July 8, 2025

फेरियो कार्यविधि भिभिआइपी बिदाइको लाम घट्ने

बिदाइका क्रममा कारकेडसम्म जाने सुविधा भने प्रधानमन्त्री, परराष्ट्रमन्त्री र उपराष्ट्रपति कार्यालयका सचिवलाई मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अति विशिष्ट व्यक्ति (भिभिआइपी) ले विदेश भ्रमण गर्दा हुने बिदाइ र स्वागतका क्रममा हुने विशिष्ट व्यक्तिको उपस्थिति घटाइएको छ ।

गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेर सो व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा बिदाइका क्रममा प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष उपस्थित हुनुपर्ने छैन ।

मौजुद कार्यविधिको दफा ३ संशोधन गरेर सभामुख तथा राष्ट्रिय सभा अध्यक्षको उपस्थिति हटाइएको हो । राज्यका तीन अङ्गमध्ये अहिले पनि न्यायपालिका प्रमुख (प्रधान न्यायाधीश) यस्ता बिदाइ तथा स्वागतमा उपस्थित हुने व्यवस्था छैन । व्यवस्थापिका प्रमुखलाई पनि कार्यविधि संशोधन गरेर सूचीबाट हटाइएको हो । अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थालाई प्रभावकारी र व्यवस्थित बनाउन तथा स्वागत तथा बिदाइ कार्यक्रमलाई भिडभाडरहित बनाउन भन्दै सरकारले कार्यविधि संशोधन गरेको हो । संशोधित कार्यविधि मन्त्रालयले आन्तरिक परिपत्र गरिसकेको छ ।

संशोधित व्यवस्था अनुसार राष्ट्रपति विदेश जाँदा वा फर्कंदा भिभिआइपी कक्षमा अब उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधान सेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव उपस्थित हुनुपर्ने छ । यस्तै दुवै प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक र परराष्ट्रका शिष्टाचार महापाल उपस्थित हुनुपर्ने छ ।

यस्तै उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्कंदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधान सेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव र परराष्ट्रका शिष्टाचार महापालको उपस्थिति विशिष्ट कक्षमा हुने छ । बिदाइका क्रममा कारकेडसम्म जाने सुविधा भने प्रधानमन्त्री, परराष्ट्रमन्त्री र उपराष्ट्रपति कार्यालयका सचिवलाई मात्र हुने छ ।

यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किंदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थिति विशिष्ट कक्षमा हुने छ । यस्तै नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापतिको पनि उपस्थिति विशिष्ट कक्षमा हुने छ । परराष्ट्र र सञ्चार मन्त्रालयका सचिव, दुवै प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक पनि विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने छ ।

शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोग प्रमुख पनि प्रधानमन्त्रीको बिदाइका क्रममा उपस्थित हुन सक्ने छन् । मिनी कारकेडसम्म उपस्थित हुने अधिकार भने कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव र शिष्टाचार महापाललाई हुने कार्यविधिमा उल्लेख छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार