असार २४, २०८२ मंगलबार July 8, 2025

कक्षा ११ र १२ को २२ वर्षदेखि रोकिएको मौका परीक्षा: ९ दिन बाँकी रहँदा १ प्रतिशतले पनि भरेनन् फारम

साढे १३ लाख विद्यार्थीमा करिब १० प्रतिशत आउन सक्ने बोर्डको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।२२ वर्ष यता कक्षा ११ र १२ को परीक्षा दिन छुटेका १३ लाख ३२ हजार १ सय ४९ जना परीक्षार्थीमध्ये हालसम्म १ हजार ५ सय २४ जनाले मात्र परीक्षा फारम भरेका छन्। प्रतिशतको हिसाबले यो शून्य दशमलव १ प्रतिशतभन्दा केही बढी हो। बोर्डले यही २७ गतेसम्म फारम भर्न पाउने म्याद तोकेको छ।

अबको ९ दिनमा कतिले फारम भर्छन् भन्ने विषयमा अत्तोपत्तो छैन। बोर्डले साढे १३ लाख विद्यार्थीमा करिब १० प्रतिशत आउन सक्ने अनुमान गरेको थियो । विद्यार्थीलाई अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको थियो। यति धेरै संख्याले परीक्षा दिन पाउने भए पनि परीक्षाप्रति चासो नदेखाएका कारण फारम भर्नेको संख्या ह्वात्तै घटेको हो।

परीक्षार्थी संख्या अत्यन्तै न्यून भएको बताउँदै बोर्डका अध्यक्ष महाश्रम शर्माले यस्तो अवस्थामा फारम भर्ने म्याद सकिए पनि केही दिन थप्न सकिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हालसम्म चित्तबुझ्दो रुपमा फारम भरेको पाइएन, म्याद हुने समयसम्म हेरौं त्यसपछि के हुन्छ हेरौंला।’ अतिकम संख्यामा फारम भरेको पाइएकाले फेरि म्याद थप्ने तयारीमा बोर्ड लागेको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २ लाख परीक्षार्थीले फारम भर्ने अपेक्षा गरेको बताउँदै भन्नुभयो– ‘हालसम्म १ हजार ५ सय २४ ले मात्र परीक्षा फारम भरेका छन्। किन यति कम विद्यार्थीले मात्रै परीक्षा फारम भरेका होलान् भन्ने खोजीको विषय बनेको छ।’

केही विद्यार्थी वैदेशिक रोजगारीका क्रममा मुलुकबाहिर रहेका केहीले फारम भर्ने चासो नदेखाएको, बूढेसकालमा परीक्षा दिन मन नलागेकोलगायत विविध कारणले परीक्षा फारम नभरेको हुन सक्ने अनुमान छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र त्यसपछि बनेको बोर्डले अन्तिम मौकास्वरुप ०५६ सालदेखि हालसम्म अनुत्तीर्ण वा अन्य कारणले छुटेका विद्यार्थीलाई परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । सो अवधिदेखि २२ वर्षसम्म करिब साढे १३ लाख विद्यार्थीले विभिन्न कारणले परीक्षा दिन नपाएपछि एकैपटक परीक्षा सञ्चालन गर्न लागेको थियो ।

बोर्डले मौका परीक्षालाई माघमा सञ्चालन गर्ने गरी तयारी भइरहेको जनाए पनि कम विद्यार्थी भएकाले कहिलेबाट सञ्चालन हुने भन्ने विषय अन्योल रहेको जनाएको छ । परीक्षा नियन्त्रक शर्माले सबै फारम भरेपछि सोही आधारमा परीक्षाको मिति तय हुने बताउनुभयो । ‘बोर्डले कुन सालमा कति विद्यार्थी अनुपस्थित वा अनुत्तीर्ण थिएलगायत विषयमा सबै तथ्यांक तयार गरेको थियो । सोही आधारमा करिब १३ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिन पाउने गरी संख्याको आधारमा परीक्षा मिति तय गर्ने गरी तयारी गरिरहेका छौं’ –नियन्त्रक शर्माले भन्नुभयो ।

बोर्डले थोरै विद्यार्थी सहभागी हुने आँकलन रहेको छ । ‘सोही आधारमा एक वा दुई चरणमा परीक्षा हुनेछ । बोर्डले अतिकम विद्यार्थी दिने भए विद्यार्थी सहभागी भए एकै चरणमा परीक्षा सम्पन्न गर्न लागेका छांै’ –परीक्षा नियन्त्रक शर्माले भन्नुभयो ।
बोर्डले प्रश्नपत्र बंैकबाट प्रश्न तयार गर्नेछ । सबै केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाउने गरी तयारी थालेको छ । बोर्डले हिजो आइतबार सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २२ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ ।

बोर्डका अनुसार २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीले परीक्षा दिन पाउनेछन् । बोर्डले २०७८ सालदेखि परीक्षामा सहभागी विद्यार्थीले तीन वर्षसम्म पुनः परीक्षा दिन पाउने व्यवस्था छ । नियन्त्रक शर्माले भन्नुभयो– ‘नयाँ पाठ्यक्रम लागू भएअघि सबै विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाएका छौं ।’ बोर्डका अनुसार सबैभन्दा बढी २०६८ सालका विद्यार्थीले परीक्षा दिन पाउनेछन् । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार