असार २४, २०८२ मंगलबार July 8, 2025

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयबीच सहमति

सहमति पत्रमा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा. कुन्दन अर्यालले हस्ताक्षर गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

बिहीबार विज्ञापन बोर्डमा आयोजित कार्यक्रममा सोसम्बन्धी सहमति भएको हो । सो सहमति पत्रमा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा. कुन्दन अर्यालले हस्ताक्षर गरेका हुन् । पत्रकारिता तथा आमसञ्चा क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारिधि गरिरहेका विद्यार्थीले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् ।

विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकाले विद्यार्थीलाई आकर्षित गर्न यस्तो शोधवृत्तिको व्यवस्था गरिएको विज्ञापन बोर्डले जनाएको छ । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।

सहमति पत्रमा हस्ताक्षर गर्दै पत्रकारिता तथा आमसञ्चा विभागका विभागीय प्रमुख अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गरे । उनले यस छात्रवृत्ति विद्यार्थीलाई उपयोगी हुने बताए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा थप सहयोग पुग्ने र विद्यार्थी यसप्रति आकर्षित हुने अपेक्षा गरिएको बताए । सहमतिले त्रिभुवन विश्वविद्यालय र बोर्डबीच समझदारी बढ्नेसमेत उनले विश्वास व्यक्त गरे । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार