कार्तिक ४, २०८३ बुधबार October 21, 2026

राष्ट्रपतिसँग प्रधानमन्त्रीको अढाइ घन्टा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेट्वार्ता भएको छ ।

राष्ट्रपति भण्डारीसँग परामर्शको लागि बुधबार बेलुका सवा सात बजे शितलनिवाश पुग्नुभएका प्रधानमन्त्री ओली रातको १० बजे  शीतलनिवासबाट बाहिरिनुभएको शितलनिवाश निकट स्रोतले जानकारी दिएको छ।

अढाइ घन्टासम्म भएको भेटवार्तामा सत्तारुढ नेकपा पार्टीभित्र देखापरेको शक्ति संघर्ष र आगामी महाधिवेशनको बारेमा कुराकानी भएको हुनसक्ने बताईएको छ ।

दलीय राजनीतिमा राष्ट्रपति सक्रिय रहेको आरोप लागिरहेका बेला भण्डारी र प्रधानमन्त्री ओलीबीच अढाइ घन्टा भेट हुनु अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया