असार २४, २०८२ मंगलबार July 8, 2025

सरकार ढल्नसक्ने प्रधानमन्त्री ओलीद्वारा संकेत !

आन्दोलनका लागि तयारी रहन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आफू नेतृत्वको सरकारको आयु आफैंले तोक्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार ढल्नसक्ने’ संकेत गरेका छन् । सत्तारूढ दलले साथ छोड्ने ‘डर र त्रास’मा रहेका प्रधानमन्त्री ओलीले सरकारको आयु आफैं तोक्दै सत्तारूढ दललाई फकाउने गरेका छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्न खोजेका प्रधानमन्त्री ओलीलाई सत्तारूढ दलबाट साथ मिलेको छैन । चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयवन गर्ने विषयमा ऋण लिनेसमेत प्रधानमन्त्री ओलीको चाहना थियो । तर, सत्तारूढ नेपाली कांग्रेसले ऋणमा नभई अनुदानमा सो परियोजना लागू गर्नुपर्ने अडान अझै जारी नै छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस नेताका बीचमा दूरी बढदै गइरहेको छ । छिमेकीले समेत अहिलेको सरकारलाई नरुचाएको चर्चाका बीचमा नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेनन् ।

ओलीको चीन भ्रमण नसकिँदै नेपाल भ्रमणमा आएका लुले कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसम्मलाई भेटघाट गरे । तर, प्रधानमन्त्री ओलीलाई भने भेट्न चासो देखाएका छैनन् । लुले नभेट्ने संकेत दिएसँगै ओली विभिन्न कार्यक्रम बनाएर गृहजिल्ला झापातर्फ लागेका हुन् ।

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीको मनभित्र सत्तारूढ कांग्रेसले ‘गडबड’ गर्ला कि भन्ने भय र त्रास रहेको देखिन्छ । त्यसैले, उनले सरकार ढल्ने संकेत गर्दै आफ्ना कार्यकर्तालाई सडकमा उत्रिनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।

बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिनुपर्ने अवस्था रहेकाले त्यसको तयारीमा रहन निर्देशन दिए । एमाले एउटा क्रान्तिकारी पार्टी भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ, हामी सजग, संगठित र आन्दोलनकारी हुनुपर्छ, कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ ? हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन, सडकमा उत्रिन सधैं तयार हुनुपर्छ ।’

उनले मुलुकमा अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, संगठित एवं सक्रिय हुनुपर्ने बताए । तर, सरकारको नेतृत्व आफंैले गरेका ओली आफैं भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको विपक्षी दलका नेता प्रचण्डलगायतले आरोप लगाउँदै आएका छन् । ओलीले झापा विद्रोहलाई गौरवशाली इतिहास भन्दै कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शान्तिपूर्ण आन्दोलनमा समेत क्रान्तिकारीजस्तो उभिनुपर्ने बताए ।

एमालेका विरुद्धमा देशी विदेशी शक्ति लागेको टिप्पणी गर्दै उनले मुलुकमा अस्थिरता, अराजकता फैलाउन केही व्यक्तिहरू लागेको आरोपसमेत लगाए । पार्टीका नेताकार्यकर्ताले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्नुपर्ने उनले बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न निर्देशनसमेत दिएका छन् ।

उता, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले बीआरआई परियोजना ऋणमा नभई अनुदानमा मात्रै स्वीकार गर्ने अडान दोहो¥याएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार