असार २४, २०८२ मंगलबार July 8, 2025

गहुँ छर्ने बेलामा डिएपीको अभाव

बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् ।

बाँकेका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जले डिएपी मल उपलब्ध गराउँदै आएको छ । कार्यालयमा यस वर्ष डिएपी मलको अभाव रहेको कार्यालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले गहुँको सिजन सुरु भएका कारण डिएपी मलको माग उच्च भए पनि मौज्दात अत्यन्तै न्यून भएका कारण माग अनुसार परिपूर्ति गर्न नसकिएको बताउनुभयो ।

“गहुँ छर्ने सिजन सुरु भएको छ, माग ह्वात्तै बढ्दो छ । यहाँ मात्रै होइन, देशैभरि डिएपीको माग बढी नै छ, तर मौज्दात न्यून हुँदा माग अनुसार परिपूर्ति गर्न सकिएको छैन,” शाखा प्रबन्धक श्रेष्ठले भन्नुभयो, “यति कम मात्रामा रहेको मलले सबैको माग पूरा गर्न सम्भव छैन । हाम्रोमा त अलिअलि भएका कारण त्यसैलाई वितरण गरिरहेका छौँ ।”

श्रेष्ठका अनुसार बाँकेमा करिब पाँच हजार मेट्रिक टनभन्दा बढी डिएपी मल आवश्यक हुन्छ । यस आर्थिक वर्षमा लक्ष्य र माग २५ सय मेट्रिक टनको भए पनि जम्मा ६८५ मेट्रिक टन मल मात्र मौज्दात छ । नेपालमा मल ल्याउने जिम्मा पाएको आइपिएलले डिएपी नल्याउँदा जताततै समस्या देखिएको उहाँले बताउनुभयो ।

बाँकेमा रहेका आठ स्थानीय तहमा सूचीकृत सहकारी संस्थाले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजाने र किसानलाई बिक्रीवितरण गर्दै आएका छन् ।

नेपालगन्जमा २६ वटा, कोहलपुरमा चार वटा, नरैनापुरमा तीन वटा, राप्ती सोनारीमा १५ वटा, डुडुवामा २५ वटा, बैजनाथमा १२ वटा, खजुरामा २३ वटा र जानकीमा १७ वटा गरी कुल १२५ वटा सहकारीले मल बिक्री वितरण गर्ने गरेका छन् ।

कम्पनीको नेपालगन्ज कार्यालयमा डिएपी मलको मौज्दात अत्यन्तै न्यून रहे पनि युरिया र पोटास मलको भने मौज्दात रहेका कारण माग अनुसार परिपूर्ति गर्न सकिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष छ हजार मेट्रिक टन युरिया, २५ सय मेट्रिक टन डिएपी र तीन सय मेट्रिक टन पोटासको लक्ष्य र माग गरिए पनि युरिया चार हजार २० मेट्रिक टन, डिएपी ६८५ मेट्रिक टन र पोटास ७५ मेट्रिक टन प्राप्त भएको छ । हालसम्म युरिया दुई हजार ९४९ मेट्रिक टन, डिएपी ९८५ मेट्रिक टन र पोटास ६६ मेट्रिक टन बिक्रीवितरण भइसकेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार