असार २४, २०८२ मंगलबार July 8, 2025

रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै

लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने भएको छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ । म्याद लिन बिहीबार रविसहितका ५ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइँदै छ ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै मुद्दा दर्ताका लागि राय प्रतिवेदन तयार गरि“दै छ । २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँग सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो ।

सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पु¥याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट पुनः काठमाडौं हुँदै पोखरा फर्काइयो । बुधबार दिउँसोको फ्लाइटमार्फत लामिछानेलाई पुनः कास्की पु¥याइएको हो । अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत प्रहरीको थुनामै छन् । उनी ६ असोजमा पक्राउ परेका थिए । प्रहरीले लामिछानेसहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।

प्रहरीले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले ५ पुसमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ ।

सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोरखा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीले गरेको अनुसन्धानमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यतासमेत पालना नगरेको भेटिएको जनाएको छ ।

कुनै पनि कम्पनीहरूले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन (परियोजना ऋण) भनिन्छ । तर, गोरखा मिडिया कम्पनीले कम्पनी ऐनकै उल्लंघन गरेको भेटिन्छ । सहकारीको रकम स्विकार्ने क्रममा गोरखा मिडियाका सञ्चालकहरूले कुनै पनि प्रक्रिया पूरा नगरेको भेटिएको छ ।

पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गैरकानुनी रूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको छ ।

पर्साको वीरगन्जमा रहेको सानोपाइला सहकारीको अनुसन्धान पूराभएपछि रविमाथि चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगीको रकमको विषयमा रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरेको थियो । सो सहकारीबाट गोरखा मिडयाको नाममा ४७ करोडबराबरको रकम कारोबार भएको देखिएको यसअघि नै संसदीय विशेष समितिले उल्लेख गरिसकेको छ । सरकारी वकिल कार्यालयले सहारा चितवन सहकारीबाट गोरखा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो । आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार