कार्तिक ४, २०८३ बुधबार October 21, 2026

उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टिः नेपालमा थपिए १४७ जना कोरोना भाइरसका नयाँ बिमारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: काठमाण्डौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

बिहीबार थप १४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार १८१ नमूना परीक्षणमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । नयाँसहित कूल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

बुधबार मात्र १ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५हजार ३ सय ५८ जनाको उपचार भइराखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया