असार १२, २०८३ शुक्रबार June 26, 2026

कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान

कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १६ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्य अन्वेषक प्रा डा दयाराम श्रेष्ठ (सम्भव)लाई सम्मान गरिएको छ । उनलाई ५० हजार नगद, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गरेको हो ।

कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान गरिएको छ । उनलाई २५ हजार नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रममा चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुरस्कारबाट शिवहरि ढुङ्गानालाई पुरस्कृत गरिएको छ । उनलाई २५ हजार नगदसहित दोसल्ला र सम्मापत्र प्रदानगरी पुरस्कृत गरिएको हो ।

मधुुमाया शिक्षा पुरस्कारबाट जनज्योति माविमा यस वर्षको एसइईमा प्रथम हुने करुणा गौतमलाई १० हजार नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडेल र शेरविष्णुमाया गुरुङ लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियारलाई सम्मानित गरिएको छ । उनीहरूलाई क्रमशः ११ हजार एक सय ११ र पाँच हजारसहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न लागिएको बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले नेपाली साहित्यको विकासमा लेखनाथ पौड्यालले गरेको योगदान अतुलनीय भएको बताए ।

सम्मानित व्यक्तित्व प्रा डा श्रेष्ठले कवि शिरोमणिको जन्मस्थल साहित्यिक तीर्थस्थल भएको बताउँदै यसलाई साहित्यानुरागीको गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कवि शिरोमणि जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपिराज पौडेलको अध्यक्षता एवं लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा पौडेल वंश महासङ्घका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्ची, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायत सम्मानित व्यक्तित्वले नेपाली साहित्यको विकासका लागि लेखनाथ पौड्याल गरेको योगदानबारे प्रकाश पारेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार