कार्तिक ११, २०८३ बुधबार October 28, 2026

संसदमा सरकारको क्रियाकलापप्रति कांग्रेसको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारितभएको घटनालाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभाबाटसत्तापक्षले जबरजस्ती रुपमा शिक्षा तथा स्वास्थ्य विधेयक पारित गरेको विषयमा कांग्रेसलेपार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षि दलललाइृ धोका दिएर विधेयकपास गरेको भन्दै यसका लागि सरकारले मंहगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डागोबिन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा सरकारप्रति नागरिकको विश्वासमा ह्रासआएको टिप्पणी गर्नुभयो । उहाले कांग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नोफरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।

उहाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेरसरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको आरोप समेत लगाउनुभयो ।

यसैबीच काँग्रेस संसदीय दलले पनि संसदीय मर्यादा कायम राख्न सभामुखबाट निष्पक्ष एवंविवेकपूर्ण भूमिका निर्वाह नभएको आरोप लगाएको छ ।

सरकारलाई दबाब दिन काँग्रेसलेसंसद्मा गरेको विरोध कायम रहेकै अवस्थामा प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयकपारित भएपछि बसेको काँंग्रेस संसदीय दलको आकस्मिक बैठकले सभामुखबाट निष्पक्षता र

निर्भीकताको भूमिका निर्वाह नभएको निष्कर्ष निकालेको मुख्य सचेतक बालकृष्ण खाँढलेजानकारी दिनुभयो । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेकोआकस्मिक बैठकले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य तथा संस्दको मर्यादाकायम राख्न संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार