असार २५, २०८२ बुधबार July 9, 2025

काठमाडौँ माभरिक्सले पोखरा लेकर्सलाई हरायो

दोस्रो खेलमा हिमालयन रेइडर्स (बुटवल) र जनकपुर नाइट्स आमनेसामने हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ माघः काठमाडौँ माभरिक्सले पोखरा लेकर्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न उद्घाटन खेलमा काठमाडौँले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गर्दै विजयी भएको हो । जितसँगै काठमाडौँले पाँच अङ्क जोडेको छ । त्यस्तै पराजित पोखराले एक अङ्क प्राप्त गर्यो ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा छ सहरका छ टिम सहभागी छन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स छन् ।

काठमाण्डु माभरिक्सले पोखरा लेकर्सलाई हरायो – Dcnepalउक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । बेलुका ५ः३० बजे हुने पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ६ः३० बजे हुने दोस्रो खेलमा हिमालयन रेइडर्स (बुटवल) र जनकपुर नाइट्स आमनेसामने हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार