असार २४, २०८२ मंगलबार July 8, 2025

लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका आठ टीम सहभागी हुने

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, माघ ५ गते । महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा सो प्रतियोगिता नेपालगन्ज रंंगशालामा आगामी फागुन १९ देखि २९ गतेसम्म सञ्चालन गरिने यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगितामा नेपालका ए डिभिजनका ६ वटा टीम र भारतका दुई वटा टीम गरेर आठ वटा टीमको सहभागिता रहने बताउनुभयो ।

उहाँले लामो समयपछि नेपालगन्जमा ठुलो फुटवल प्रतियोगिता आयोजना हुन थालेको जनाउँदै त्यसका लागि स्रोत व्यवस्थापनसँगै अन्य तयारी तीव्र पारिएको बताउनुभयो ।

कोभिडपछि पहिलो पटक नेपालगन्ज रंगशालालाई खेल र खेलाडीका लागि खुल्ला गरिएको जनाउँदै प्रमुख कार्यकारी शाहले प्रतियोगितालाई भव्य बनाउन सङ्घीय सरकारदेखि स्थानीय सरकार र विभिन्न गैर सरकारी निकायको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा करिब एक करोड ३५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको जनाउँदै शाहले सोतहरु खोजि गर्ने कार्य भइरहेकाले प्रायोजक हुन चाहनेहरुलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले लामो समयपछि नेपालगन्जमा ठुलो प्रतियोगिता आयोजना हुन थालेकोले भव्य बनाउन सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

उहाँले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू आउने विश्वास व्यक्त गर्दै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनु भयो ।

लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित भएको जनाउँदै शाहीले यसबाट नेपालगन्जमा खेलकुद गतिविधि तीव्र हुने बताउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, बाँके महिला फुटवल समितिका अध्यक्ष नितु शाह चन्द, प्रचार प्रसार उपसमितिका संयोजक निरज गौतम, वरिष्ठ फुटबल खेलाडीहरु र विभिन्न उपसमितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार