असार २४, २०८२ मंगलबार July 8, 2025

आमन्त्रित गोल्डकपको उपाधि झापाको राजगढलाई

दोस्रो संस्करणका रूपमा सञ्चालन भएको प्रतियोगितामा १४ टोलीको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टक्सार (भोजपुर), १० माघ : भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा भएको दोस्रो आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राजगढ फुटबल क्लब झापाले पाएको छ ।
बुधबार भएको फाइनल खेलमा राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापाले भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङ फुटबल क्लबलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै उपाधिको दाबेदार बनेको हो । निर्धारित समयमा दुवै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
निर्धारित समयपछिको पेनाल्टी सुट आउटमा भने राजगढले तिवारीभञ्ज्याङमाथि ४–३ को जित निकालेको थियो । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ राजगढका श्याम मुर्मू भए । पेनाल्टी सुट आउटमा राजगढका लागि श्याम मुर्मू, बादल तामाङ, हेमन्त लिम्बू र रोजिन कार्कीले गोल गरेका थिए भने तिवारीभञ्ज्याङका लागि सुजन मगर, सौर्य राउत र उमेश कार्कीले मात्र गोल गरे ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा गत माघ १ गतेदेखि बृहत् माघी मेला तथा गोल्डकप सुरु भएको थियो । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद तीन र दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
विजेता तथा उपविजेताहरूलाई पूर्वमुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, पौवादुङमा खेलकुद विकास समितिका पदाधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
दोस्रो संस्करणका रूपमा सञ्चालन भइरहेको प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए । नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, प्रदेश प्रहरी कार्यालय विराटनगर, आम्तेक ११ फुटबल क्लब, पौवादुङमा खेलकुद विकास समिति (क), छथर गाउँपालिका तेह्रथुम, कोटकालिका फुटबल क्लब, अरूण गाउँपालिका, राजगढ फुटबल क्लब बाह्रदर्शी गाउँपालिका झापा, मोर्डन एरा फुटबल एसोसिएसन विराटनगर, तिवारीभञ्ज्याङ फुटबल क्लब, टेम्केमैयुङ गाउँपालिका, देउराली फुटबल क्लब, अलस्टार फुटबल क्लब धरान र पौवादुङमा खेलकुद विकास समिति (बी) थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार