असार २४, २०८२ मंगलबार July 8, 2025

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फ्रेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, १० माघः धनगढीमा गो ड्रिमर्सको आयोजनामा यही माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । समूह ‘बी’ मा सिवाइसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडाँैं र न्यु होराइजन बुटवल रहेका छन् ।

माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फ्रेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने भएका छन् भने २० गते सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले पहिलो खेल खेल्दा दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड कैलाली खेल्नेछन् । माघ २१ गते पहिलो खेलमा फ्रेन्ड्स युवा क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ खेल्नेछन् ।

माघ २२ गते दशरथ चन्द एकेडेमी बैतडी र न्यु होराइजन बुटबल पहिलो तथा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् भने २३ गतेको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमाघोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा खेल्नेछन् ।

माघ २४ गतेको पहिलो खेल क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ र दशरथ चन्द एकेडेमी बैतडीबीच हुनेछ भने दोस्रो खेलमा घोडाघोडी–११ सुख्खड कैलाली र फ्रेन्ड्स युवा क्लब डडेल्धुरा खेल्नेछन् । माघ २५ गते लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरिया र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै माघ २६ गते पहिलो सेमिफाइनल, माघ २७ गते दोस्रो सेमिफाइनल र माघ २८ गते फाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता र समूह बी को उपविजेताबीच फाइनल प्रवेशका लागि खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता र समूह ‘ए’ को उपविजेता फाइनलको यात्रा तय गर्नका लागि खेल्नेछन् ।

स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै रु २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले पाँच लाखसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका आठ क्लबका टोलीको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार