काठमाण्डौः यूईएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्कटिस क्बल रेन्जर्समाथि रोमाञ्चक जित हात पारेको छ ।
नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा युनाइटेडले रेन्जर्समाथि २–१ गोलअन्तरको रोमाञ्चक जित हासिल गरेको हो ।
ओल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।
ज्याक बटल्यान्डबाट आत्मघाती गोल हुन पुग्दा ५२औं मिनेटमा युनाइटेडले अग्रता लिएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा सिरिएल डेसार्सले रेन्जर्सका लागि बराबरी गोल फर्काए ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई स्पष्ट तीन अंक दिलाएका हुन् ।
जितसँगै सात खेलमा १५ अंक जोडेको युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित रेन्जर्स समान खेलबाट ११ अंकका साथ १३औं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया