असार २४, २०८२ मंगलबार July 8, 2025

सभापति कप फुटबलः मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई १–० गोलअन्तर हरायो

मच्छिन्द्र क्लब सेमिफाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं। सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

मच्छिन्द्रको जितमा सनिश श्रेष्ठले गोल गरे। सनिशले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोल मच्छिन्द्रका लागि निर्णयक सावित भयो। योसँगै सेमिफाइनल खेलमा मच्छिन्द्रले संकटा फुटबल क्लबसँग खेल्नेछ। बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले हराउँदै संकटाले सेमिफाइनलको यात्रा तय गरेको थियो।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको उक्त प्रतियोगिताको उपाधि विजेताले रु २६ लाख र उपविजेताले रु १३ लाख पाउनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार