असार २४, २०८२ मंगलबार July 8, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि आर्मीका राजन र सन्तोषीलाई

पुरुषतर्फ विजेता राजनले निर्धारित दूरी १ घण्टा ६ मिनेट १० सेकेण्डमा पूरा गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकाय र सन्तोषी श्रेष्ठले जितेका छन्।

शनिबार भएको म्याराथनअन्तर्गत पुरुषतर्फ विजेता राजनले निर्धारित दूरी १ घण्टा ६ मिनेट १० सेकेण्डमा पूरा गरे। आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो भए। खडकले १ घण्टा ६ मिनेट १५ सेकेण्ड र जुलियसले १ घन्टा ६ मिनेट २० सेकेन्डमा दूरी पूरा गरे।

त्यस्तै महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। पूर्णलक्ष्मीले १ घण्टा २२ मिनेट ५१ सकेन्ड र पुष्पाले १ घन्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।

त्यस्तै पुरुष खुला १० किलोमिटर दौडमा सञ्जय विजयी भए। सञ्जयले निर्धारित दूरी ३० मिनेट १०.७ सेकेण्डमा पूरा गरे।

महिला ५ किलोमिटरको उपाधी एपीएफ क्लबकी फुलमती रानाले जितिन्। उनले निर्धारित दूरी २३ मिनेट १३ सेकेण्डमा पूरा गरिन्।

ह्वलचेयर पुरुषतर्फ भने रमेश खत्री विजयी भए। उनले निर्धारित दूरी ११ मिनेट ५० सकेण्डमा पूरा गरेका थिए। ह्वेलचेयरकै महिला तर्फ भने ऐश्वर्य कुमारी कुमालले पहिलो स्थान हासिल गरिन्।

उनले निर्धारित दूरी १५ मिनेट ४४ सेकेण्डमा पूरा गरिन्। नेपाल भेटेरिनरी संघको आयोजनामा भएको राइट टु प्रोटिन रनको‌ विजेता सन्तोषी र राजनले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार