असार २४, २०८२ मंगलबार July 8, 2025

टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ सय २० रनले हरायो

वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली पाकिस्तानलाई १ सय २० रनले हराएको छ ।

वेस्ट इन्जिले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको पाकिस्तान तेस्रो दिनको खाना समयअघि नै १ सय ३३ रनमा अलआउट भयो । दोस्रो पारीमा पाकिस्तानका बाबर आजमले सबैभन्दा धेरै ३१ रन बनाए । वेस्ट इन्डिजका जोमेल वारीकनले ५ विकेट लिए ।

वेस्ट इन्डिजले दोस्रो पारीमा २ सय ४४ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान क्रेग ब्राथवेटले ५२ रन बनाए । पाकिस्तानका साजिद खानले ४ विकेट लिए ।

यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो पारीमा १ सय ६३ रन र पाकिस्तानले पहिलो पारीमा १ सय ५४ रन बनाएको थियो । योसँगै २ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल पाकिस्तानले १ सय २७ रनले जितेको थियो ।

वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जितेको हो । यसअघि वेस्ट इन्डिजले सन् १९९० मा पाकिस्तानमा टेस्ट क्रिकेट जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार