असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्सलाई हराँउदै जनकपुर नाइट्स फाइनलमा

विराटनगरले दोस्रो क्वालिफायर इलिमिनेटरको विजेतासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। जनकपुर नाइट्स नेपाल कबड्डी लिगको फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले पराजित गर्दै फाइनलमा पुगेको हो।

योसँगै विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायर खेल्ने छ। उसले इलिमिनेटरको विजेतासँग खेल्ने भएको हो। इलिमिनेटरमा काठमान्डु माभरिक्स र हिमालयन रेइडर्सबिचको विजेतासँग खेल्नेछ।

जनकपुरले खेलभर रेडमा १५, ट्याकलमा १३, दुई अलआउटमा चार र बोनसमा दुई अंक जोड्यो। विराटनगरले भने रेडमा आठ, ट्याकलमा १०, एक अलआउटमा दुई र बोनसमा १२ अंक जोड्यो । पहिलो हाफमै जनकपुरले ११ अंकको अग्रता लिएको थियो।

जनकपुर बोनसबाहेक अन्य सबै पक्षमा अब्बल रह्यो। रेडमा ११, ट्याकलमा ६ र दुई अलआउटमा चार अंक जोडेको थियो। बोनसमा भने दुई अंक मात्रै थप्न सक्यो। विराटनगरले भने रेड र ट्याकलमा समान तीन अंक जोड्यो। बोनसमा भने ६ अंक बटुल्दै खेल २३–१२ मा सक्काएको थियो।

दोस्रो हाफमा भने विराटनगरले उत्कृष्ट पुनरागमन गरेको थियो। अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जनकपुर खेलमा फर्कियो। उसले चार ट्याकल र एक रेडमा तीन अंक थप्दै खेल ३३–३० मा पुर्‍यायो।

जनकपुरले दोस्रो हाफमा कूल ११ अंक जोड्यो। विराटनगरले त्योभन्दा नौ अंक बढी ल्याए पनि जित हात पार्न सकेन। जनकपुरले यो हाफमा रेडबाट तीन, ट्याकलबाट सात र बोनसबाट एक अंक हात पारेको थियो। विराटनगरले भने रेडमा पाँच, ट्याकलमा सात, एक अलआउटमा दुई र बोनसमा ६ अंक बटुल्यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार