असार २४, २०८२ मंगलबार July 8, 2025

जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जित्यो

मध्यपश्चिम विश्वविद्यालयको टोलीले भारतको लखनउ विश्वविद्यालयको टोलीलाई ५८ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। पहिलो जय नेपाल कपको उपाधि नेपालको मध्यपश्चिम विश्वविद्यालयले हात पारेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज सम्पन्न फाइनल प्रतियोजितामा मध्यपश्चिम विश्वविद्यालयको टोलीले भारतको लखनउ विश्वविद्यालयको टोलीलाई ५८ रनले पराजित गरी उपाधि हात पारेको हो।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गरेका थिए। फाइनल प्रतिस्पर्धामा टस जितेको मध्यपश्चिम टोलीले ब्याटिङ रोजेको थियो।

सुरूवाती ओभरमा छिटो विकेट गुमाएर दबाबमा रहेको मध्यपश्चिमलाई देवान पुन र विपिन खत्रीले शतकीय साझेदारी खेल्दै बलियो स्थितिमा पुर्‍याएका थिए। विपिनले आक्रामक रूपमा २८ बल खेल्दै ५ चौका र ४ छक्कासहित ५९ रन बनाए भने देवानले ३६ बलमा ६ चौका र दुई चौकासहित ५८ रन बनाए।

यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो। लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाए।

प्रतियोगितामा पाँच खेलमा ११ विकेट लिएका विपिन खत्री प्रतियोगिताको सर्वोकृष्ट बलर एवं ‘प्लेयर अफ द टुर्नामेन्ट’ को घोषित भए भने लोकेन्द्र बम सर्वोत्कृष्ठ ब्याटर घोषित भए। उनले प्रतियोगिताका चार प्रतिस्पर्धामा २०५ को स्ट्राइक रेटमा कुल दुई सय ५३ रन बनाएका थिए। नेपाल विद्यार्थी संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार