असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई

गण्डकी प्रदेशमा पर्ने मनकामना मन्दिर र देवघाटधामलाई जलपर्यटनमार्फत जोड्ने उद्देश्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर (नवलपरासी), १७ माघः गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीप २०८१ (अल्ट्र र्‍याफ्टिङ म्याराथन)को उपाधि बागमती प्रदेशले जितेको छ ।

गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङबाट नवलपुर, तनहुँ र चितवनमा अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटको बेनीसम्म ५० किलोमिटरको दूरी सबैभन्दा चाँडो पार गर्दै बागमती प्रदेशले उपाधि जितेको हो । उसले रु ६० हजार पुरस्कार प्राप्त गरेको छ ।

बुधबार गोरखाबाट हिँडेको प्रतियोगीहरु आज दिउँसो देवघाट आइपुगेका हुन् । प्रतियोगिताको उपविजेता बनेको गण्डकी प्रदेशको समूहले रु ४० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने कोसी प्रदेशको समूहले रु २० हजार, चौथो हुने त्रिभुवन आर्मी ‘बी’ले रु १० हजार तथा सान्त्वना हुने त्रिभुवन आर्मी ‘ए’ले रु सात हजार पुरस्कार हात पारेको प्रतियोगिता संयोजक वसन्तराज दवाडीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा पर्ने मनकामना मन्दिर र देवघाटधामलाई जलपर्यटनमार्फत जोड्ने उद्देश्यले साहसिक प्रतियोगिता गरिएको दवाडीको भनाइ छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले प्रतियोगितामार्फत धार्मिक पर्यटनलाई वृद्धि गर्दै आयआर्जन र रोजगारी वृद्धि गर्न सकिने बताउनुभयो । जलमार्गबाट पोखरा र चितवन तथा मनकामना र त्रिवेणीलाई जोड्न सकिने भन्दै उहाँले यसको तयारीमा आफूहरु जुटेको बताउनुभयो । खेलकुद बहुआयामिक क्षेत्र भएको भन्दै शर्माले नारायणीमा दौड, पौडी र साइक्लिङ गर्न सकिने धारणा व्यक्त गर्नुभयो । “खेलकुदले कला, संस्कृति र धर्मलाई जोड्न र राष्ट्रिय एकता बलियो बनाउन सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रदेशकै धार्मिक पर्यटनको प्रबद्र्धन हुनेगरी प्रतियोगिता गर्नु सराहनीय काम भएको बताउनुभयो । जलपर्यटन सुस्ताएका बेला यसरी प्रतियोगिता गरिँदा जलपर्यटनलाई चलायमान गराउन सकिने थापाको भनाइ थियो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले यसप्रकारका प्रतियोगिताले खेल र धर्मलाई जोड्न समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । “धार्मिक क्षेत्रलाई जोडेर खेलकुदका प्रतियोगिता गरिँदा खेलकुदसँगै धार्मिक क्षेत्रको विकासमा मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “यस खेलले साहसिक खेलको विकास र धार्मिक क्षेत्रको प्रचार गर्न सहयोग पुगेको छ ।” खेल, जीवन र संस्कृतिलाई जोड्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बरालको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार