असार २४, २०८२ मंगलबार July 8, 2025

कबड्डी लिग : काठमाण्डौंलाई पराजित गर्दै जनकपुर विजयी

उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमाडाैं माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता काठमाडाैंले भने दुई लाखमा चित्त बुझायो।

जनकपुरले पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। काठमाडाैंले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पाखा लगाउँदै जनकपुरसँगको भेट पक्का गरेको हो। लिगचरणमा यी दुई टोलीले ३९–३९ अंकको बराबरी खेलेका थिए। तर, फाइनलमा भने जनकपुरले काठमाडाैंलाई पछि पार्दै उपाधि जित्यो।

पहिलो हाफमै जनकपुरले ६ अंकको अग्रता लिएको थियो। रेइडबाट जनकपुरले आठ, ट्याकल ६, दुई अलआउटबाट चार तथा बोनस र अतिरिक्तबाट सात अंक जोडेको थियो। काठमाडाैंले भने रेइडबाट दुई, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्तबाट ११ अंक मात्रै बटुल्न सक्यो। योसँगै पहिलो हाफ २५–१९ मा सकिएको थियो।

दोस्रो हाफमा कप्तान घनश्याम रोक्कामगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडाैंलाई खेलमा फर्काएका थिए। तर, अन्तिम मिनेटतिर सम्हालिन नसक्दा काठमाडाैं उपाधिबाट विमुख हुन पुग्यो।

काठमाडाैंले रेइडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडेको थियो। जनकपुरले भने रेइडबाट सात, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्न सक्यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार