असार २४, २०८२ मंगलबार July 8, 2025

पाँचौं मुन्धुङ्गे कप पुरुष भलिबल उपाधि थुम्बेदिनले जित्यो

उपविजेता पापुङले नगद ८१ हजार रुपियाँसहित पदक र प्रमाणपत्र पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, माघ १९ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङमा सम्पन्न पाँचौं मुन्धुङ्गे कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले जितेको छ। मिक्वाखोला गाउँपालिका–५ पापुङको हिमाली तोक्पेगोला भलिबल टोलीलाई पराजित गर्दै पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले उपाधि जितेको हो।

भलिबल उपाधि जितसँगै थुम्बेदिनले एक लाख ३१ हजार रुपियाँ नगद पुरस्कारसहित तीन वर्षे रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको पापुङले नगद ८१ हजार रुपियाँसहित पदक र प्रमाणपत्र पाएको छ। यस्तै प्रतियोगितामा तृतीय बनेको मेरिङ्देन गाउँपालिका–६ नाल्बुले ३१ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो।

वडास्तरीय भलिबलसँगै छेलो हान्ने र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिएको मुन्धुङ्गे संरक्षण तथा हाट बजार व्यवस्थापन समिति अध्यक्ष धिरेन लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष कार्की, लिवाङका वडाध्यक्ष मचिन्द्र लिम्बूलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार