फागुण ३, २०८१ शनिबार February 15, 2025

नेपाल बारको निर्वाचनमा यस्ता छन् डिएलएका उम्मेदवारहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।

डिएलएद्वारा आज यहाँ आयोजित ‘उम्मेदवारसँग पत्रकार अन्तक्र्रिया’ सँगै चुनावी अभियान शुरु भएको र शुक्रबारदेखि नै देशव्यापी दौडाहमा निस्कन लागेको जानकारी दिइएको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका लगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

बारका पूर्वमहासचिवसमेत रहनुभएका पोखरेलले विगतमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र आफ्नो अहिलेको समूह सबै दृष्टिकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमूलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले आफूहरुले विधि र लोकतन्त्रका पक्षमा अडिग, अनुभवी र जुझारु उम्मेदवारको समूह बनाएकाले बृहत् लोकतान्त्रिक समूहले जित्ने दाबी गर्नुभयो ।

कानून व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल बार एशोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी आठ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । बारको नयाँ नेतृत्वका लागि डिएलएले महिला उपाध्यक्षमा कविता थापा (कार्की), प्रदेश उपाध्यक्षमध्ये एकबाट डिल्लीबहादुर कार्की, २ बाट सुधीरकुमार कर्ण, ३ बाट राजेश्वर अधिकारी, गण्डकीबाट नीरञ्जन लाल राजभण्डारी, ५ बाट सुनिलकुमार श्रेष्ठ, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशबाट ठेकेन्द्रराज जोशीलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी महासचिवमा लीलामणि पौडेल, कोषाध्यक्षमा तेजबहादुर रावल, दलित सदस्यमा रुपनारायण विक, उपत्यका बाहिरको मधेशी सदस्यमा शेषमान यादव, खुला मधेशीमा मनोजकुमार चौधरी, उपत्यका बाहिरको आदिवासी जनजाति सदस्यमा अमृतकुमार लामा, खुला आदिवासी जनजातिमा कैलाश गुरुङ, उपत्यका बाहिरको महिला सदस्यमा शिवाली जोशी (भण्डारी) र खुला महिला सदस्यमा सोनी रघुवंशले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
डिएलएले उठाएका उम्मेदवारमध्ये उपत्यका बाहिरको सदस्यका लागि गोविन्दप्रसाद सिग्देल, खुला अन्य सदस्यका लागि रमेशकुमार ढकाल, कृष्ण घिमिरे (भुषण), शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपीशर्मा सुवेदी र टेकप्रसाद सुवेदी रहनुभएको छ । उम्मेदवार छनोटका लागि डिएलएले गठन गरेको वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी संयोजकत्वको समितिले यी उम्मेदवार छनोट गरेको डिएलएकी महासचिव लक्ष्मी रावल दाहालले जानकारी दिनुभयो ।

आगामी चैत्र १६ गते शनिबार देशभरी हुने निर्वाचनका लागि गत सोमबार ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको समूहले पनि उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा पोखरेल र श्रेष्ठसहित नौ जनाले उम्मेदवारी दिएका छन् । ती उम्मेदवारले न्यायपालिकाभित्रको भ्रष्टाचारलगायतका विकृति र विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार
प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको भेटवार्ता : नेपालमा लगानी विस्तारबारे छलफल
२०८१ फागुण २, शुक्रबार