असार २४, २०८२ मंगलबार July 8, 2025

नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि

तीन वटा समूहको उपसूचक घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,  ५ फागुन । यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । सोमबार नेप्से २९ दशमलव ८७ अङ्कले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।

आज तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा रू. १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ दुई दशमलव १६, होटल तथा पर्यटन दुई दशमलव २९, लघुवित्त दुई दशमलव ४५ र अन्य समूह दुई दशमलव ४७ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक शून्य दशमलव ३३, लगानी शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, म्युचुअल फन्ड शून्य दशमलव ५२ र निर्जीवन बिमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । तीन वटा समूहको उपसूचक भने घटेको छ । वित्त समूह शून्य दशमलव ८४, जलविद्युत् शून्य दशमलव १५ र व्यापार समूह एक दशमलव २७ प्रतिशतले घटेको छ ।

छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रू. ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख तीन सय ४९ कित्ता शेयर किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार