असार २४, २०८२ मंगलबार July 8, 2025

नेप्से परिसूचक तीस अङ्कले घट्यो

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २० गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो ।

एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज तीन सय १८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ०५, विकास बैँक शून्य दशमलव ३९, वित्त दुई दशमलव १०, होटल तथा पर्यटन शून्य दशमलव ९७ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले घटेको छ । त्यसै गरी लगानी एक दशमलव ७५, जीवन बिमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बिमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैँक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार