बैसाख २६, २०८३ शनिबार May 9, 2026

चौघडा एग्रोले ल्यायो मकै रोप्ने यान्त्रिक मेसिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चौघडा । जिल्लाको लिुख गाउँपालिकामा रहेको चौघडा एग्रो अर्गानिक प्रालिले आधुनिक रुपमा मकै रोप्ने यान्त्रिक मेसिन ल्याएको छ । करिब दुई लाख रुपयाँ पर्ने उक्त मेसिनले प्रतिघण्टा १५ रोपनी जमिननमा मैकैको बीउँ रोप्ने सक्ने उक्त मेसिनको सोमबार चौघडामा वडा नं ४ का वडा अध्यक्ष नरबहादुर राईले उद्घाटन गर्नुभएको थियो ।

मकै र मल एकैपटक प्रयोग गर्न सकिने उक्त मेसिनले लगाएको मकैलाई गोडनका लागि पनि मेसिनबाट नै सकिने प्रालिका कार्यकारी निर्देशन सरोज महतले जानकारी दिनुभयो । विशेषगरि सम्म र ठुला प्लटहरुका लागि उपयुक्त रहेको उक्त मेसिनले छिटो काम गर्न सक्ने भएकाले ठुलो मात्रामा जनशक्ति खपतमा सहयोग गर्ने निर्देशक महतले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

आधुनिक खेतीमा नुमनाको रुपमा नै स्थापित गर्ने उदेश्यले सुरु गरिएको सो प्रालिले यसअघि धान रोप्ने मेसिन, धान काट्ने मेसिन, आलु रोप्ने मेसिन, खन्ने मेसिन औषधी छर्ने मेसिन समेत ल्याइसकेको छ । कम्पनीले यस्ता मेसिनहरु स्थानीय किसानहरुलाई भाडामा समेत उपलब्ध गाराउँदै आएको कार्यकारी निर्देशन महतले जानकारी दिनुभयो । कृषि क्षेत्रका लागि निकै प्रख्यात मानिसको चौघडामा २ सय ४० रोपनी जमिनमा सो प्रालिले करिब ३ करोड लगानी गर्दै आधुनिक कृषि खेती गर्दै आएको छ ।

सो प्रालिले आलु खेती, मकैको विउ उत्पादन, उन्नत आलुको बीउ उत्पादन लगायत पशुपालन गर्दै मल उत्पादन सम्मको कार्ययोजान सहित काम अघि बढाईरहेको छ । जिल्लाकै नमुना कृषि फार्म बनाउने उदेश्य सहित आयोजनाले १ सय ५० रोपनीमा उन्नत आलुको बीउ उत्पादन गरेको छ भने ४० रोपनीमा आलु खेती गरेको छ ।

यस्तै ४० रोपनीमा पशु पालन गर्ने योजनासहित काम अघि बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने उदेश्यले एग्रो टुरिजमको रुपमा पनि विकास गर्ने योजना अघि सारेको छ । नमुना कृषि फार्मको योजानकासाथ काम गरिरहेको सो संस्थाले अबको एक वर्षमा आफ्ना सबै लगानी उठाने योजना बनाएको छ । नुवाकोट पुकार साप्ताहिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार