जेठ ३०, २०८३ शनिबार June 13, 2026

कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किने बारे  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ ।

सुनिता र बुचलाई लिन गएको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेपछि अब नासाले उनीहरुलाई फर्किने प्रक्रिया शुरु हुने जानकारी दिएको हो ।

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट एजेन्सीको स्पेसएक्स क्रू-९ पृथ्वीमा फर्कने प्रक्रिया नेपाली समय अनुसार मंगलबार बिहानदेखि शुरु हुने बताएको छ ।

नासाले सुनिता र बुचका अलावा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोस अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बुनोभ पनि सँगै फर्किन लागेको जानकारी दिएको छ ।

आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए ।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार