असोज २४, २०८३ शनिबार October 10, 2026

विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद

काभ्रेको नयाँ बस्तीमा फेला परेको आठ वटा सकेट बम सुरक्षित साथ डिस्पोज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।

यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार जना कैदीबन्दी तथा डोटी सिलगढीस्थित बाल सुधार गृहबाट भागेका तीन जना बालबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धादिङको गजुरी कारागारबाट भागेका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बाल सुधार गृहबाट फरार भएका १६ जना बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा छ ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिइएको र त्यस क्रममा एक जना कैदी घाइते भएको पनि सेनाले जानकारी दिएको छ ।

सेनाले काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको आठ वटा सकेट बम सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।

ललितपुरको भैँसेपाटीका स्थानीयले तोडफोडमा परेको त्यहाँको प्रहरी चौकी सरसफाई गरी प्रहरीलाई बस्नका लागि आमन्त्रण गरेको जानकारी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार