मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरानद्वारा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनरागमनको निन्दा

तेहरानलाई कुनै पनि द्वन्द्व भड्काउने कार्यबाट टाढा रहन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, १२ असोज । पश्चिमी शक्तिहरूसँगको वार्ता असफल भए सँगै इजरायली र अमेरिकी आणविक साइटहरूमा आक्रमण गरे पछि इरानले आइतबार आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घको पुनः प्रतिबन्धलाई “अन्यायपूर्ण” भन्दै निन्दा गरेको छ ।

इरानको आणविक र ब्यालिस्टिक मिसाइल गतिविधिहरूसँग सम्बन्धित लेनदेनलाई रोक्ने उपायहरू, पश्चिमी शक्तिहरूले सन् २०१५ को आणविक सम्झौता अन्तर्गत “स्न्यापब्याक” संयन्त्र सुरु गरेपछि रातारात लागु भएको थियो ।

“रद्द गरिएका प्रस्तावहरू पुनः सक्रिय गर्नु कानुनी रूपमा आधारहीन र अन्यायपूर्ण रहेको भन्दै सबै देशहरूले यो अवैध अवस्थालाई मान्यता दिनु नहुर्ने इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छद ।

इरानले आफ्नो राष्ट्रिय अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने र आफ्ना जनताको अधिकार र हितलाई अवमूल्यन गर्ने उद्देश्यका कुनै पनि कार्यको दृढ र उचित प्रतिक्रियाको सामना गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिबन्धहरूको पुनरागमनले इजरायली र अमेरिकी सेनाले इरानी आणविक सुविधाहरूमा बम प्रहार गरे पछि जुन देखि सुरु भएको आणविक वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले महिनौंको तनावपूर्ण कूटनीतिलाई अन्त्य गरेको जनाइएको छ ।

पुनस्र्थापनाको बावजुद, पश्चिमी नेताहरूले संवादका लागि च्यानलहरू खुला रहेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई “सद्भावका साथ आयोजित प्रत्यक्ष वार्तालाई स्वीकार गर्न आग्रह गरेका छन् ।

उनले संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई “इरानका नेताहरूलाई आफ्नो राष्ट्रका लागि सही र विश्वको सुरक्षाका लागि उत्तम काम गर्न दबाब दिन” प्रतिबन्धहरू “तुरुन्तै” लागू गर्न पनि आह्वान गरेका छन् ।

बेलायती, फ्रान्सेली र जर्मन विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति मार्फत “इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने सुनिश्चित गर्न नयाँ कूटनीतिक समाधान खोजी जारी राख्ने जनाएका छन् ।

उनीहरूले तेहरानलाई कुनै पनि द्वन्द्व भड्काउने कार्यबाट टाढा रहन पनि आह्वान गरेका छन् ।

इरानले संयुक्त राष्ट्रसङ्घका निरीक्षकहरूलाई आफ्ना आणविक साइटहरूमा फर्कन अनुमति दिएको भएता पनि राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले आफ्नो युरेनियमको भण्डार हस्तान्तरण गरेको बदलामा राहतको प्रस्ताव गरेको तर प्रस्ताव अस्वीकार्य भएको बताएका छन् ।

अप्रिलसम्म प्रतिबन्धहरू स्थगित गर्न इरानका सहयोगीहरू रूस र चीनले गरेको प्रयास असफल भए पछि आइतबार देखि तेहरानमा पुनः प्रतिवन्ध लागू भएको हो । बेलायत र फ्रान्ससँगै जर्मनीले पनि इरानले आफ्नो दायित्वहरूको पालना नगरेकोले प्रतिवन्ध लागु गर्ने पक्षमा विचार व्यक्त गरेका छन् ।

यद्देपी उनीहरुले नयाँ सम्झौता र वार्ताका लागि आफुहरु खुला रहेको र कूटनीतिक प्रयास जारी रहने बताएका छन् । रुस भने प्रतिबन्ध अवैध भन्दै त्यसलाई लागु गर्ने नहुने पक्षमा रहेको रूसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले बताएका छन् ।

इरानले भने आफुले लामो समयदेखि आणविक हतियार नचाहेको दाबी गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया