मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजामा शान्ति सहमति कार्यान्वयनको अन्तिम चरणमा हमास बाँकी सबै बन्धक रिहा गर्न तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमास इजरायलबाट बाँकी सबै बन्धकलाई रिहा गर्न तयार भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समयसीमाको अन्तिम क्षणमा हमासले यस्तो निर्णय गरेको हो।

तर हमासले उक्त शान्ति सहमतिको केही बुँदामा संशोधन आवश्यक रहेको जनाएको बीबीसीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

बन्धक रिहाको घोषणापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा प्रतिक्रिया जनाउँदै गाजामा आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ। उहाँले हमास सहमतिको बाटोमा आएको र यसले गाजामा शान्ति स्थापना हुने मार्ग खुल्ने विश्वास व्यक्त गर्नुभएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजा सहित मध्यपूर्वमा शान्ति कायम गर्न राष्ट्रपति ट्रम्पको योजनामा मिलेर काम गर्न इजरायल तयार रहेको बताउनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया