मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गाजा युद्धविराममा नयाँ मोड: ट्रम्प र अरब नेताहरूको शान्ति घोषणामा गरे हस्ताक्षर

ट्रम्पको पहलमा गाजामा शान्ति सम्झौता, मध्यपूर्वका नेताहरूको संयुक्त प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

इजिप्टको शर्म अल-शेख रिसोर्टमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू उपस्थित थिए । यस अवसरमा ट्रम्पले भने- ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदैछ ।’ उनले इजरायल र हमासबीच युद्धविरामको मध्यस्थतामा मद्दत गरेकोमा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरेका थिए ।

सो अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ऐतिहासिक भनेका छन ।

सोमबार, ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको भागको रूपमा, इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान भएको थियो । यस चरणमा हमासद्वारा २८ इजरायली बन्धकहरूको शव फिर्ता पनि समावेश रहे पनि हमासले अहिलेसम्म चार जनाको मात्र शव हस्तान्तरण गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया