कार्तिक २५, २०८३ बुधबार November 11, 2026

नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

हालका आइजीपी चन्द्रकुवेर खापुङ्ग ३० वर्षे पदावधिका कारण २७ कार्तिक गतेदेखि अवकाशमा जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आइजीपी) पदमा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक २७ गते देखी लागु हुनेगरी नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्की एआइजी वरीयताको पहिलो नम्बरमा हुनुहुन्थ्यो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उपत्यकाको कमाण्ड सम्हालेका उहाँ प्रहरी संगठनमा  क्षमतावान र निर्भिक अफिसरका रूपमा चिनिनुहुन्छ । कार्कीसँग चुनौतिपूर्ण घडीमा संवेदनशील ठाउँमा कुशलतापूर्वक कमाण्ड सम्हालेको अनुभव रहेको छ ।

हालका आइजीपी चन्द्रकुवेर खापुङ्ग ३० वर्षे पदावधिका कारण २७ कार्तिक गतेदेखि अवकाशमा जाँदै हुनुहुन्छ । विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उहाँ करिब साढे २ वर्ष नेतृत्वमा रहनुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार